9 years ago
January 19, 2017
पोखरा (हाम्रो खेलकुद)– रमपम झापा ११ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । कर्ण लिम्बु सुब्बाको उच्च प्रदर्शनबाट प्रेरित झापा एएनए युएसएलाई ४–१ ले हराउँदै अन्तिम आठमा पुगेको हो । अब झापाले गत बर्षको उपविजेता त्रिभुवन आर्मीसँग माघ १० मा क्वार्टरफाइनल खेल्नेछ । झापाका लागि ह्याट्रिक पुरा गरेका कर्णले अर्को गोलका लागि पास मिलाइदिएका थिए ।

कर्ण पहिलो हाफमा ६ मिनेटको फरकमा दुई गोल गर्दै झापालाई अघि बढाएका थिए । पहिलो पटक पोखरा आएको एएनए युएसएले सोचे अनुरुपको प्रदर्शन गर्न सकेन भने झापा विस्तारै लयमा देखियो । अघिल्लो महिना काँकरभिट्टा गोल्डकप नकआउट प्रतियोगिता उपाधि जितेर पोखरा आइपुगेको झापाका लागि कर्णले २५ औं मिनेटमा पहिलो गोल गरे ।
३० औं मिनेटमा रजिन धिमालको पासमा दोस्रो गोल गरेका उनले दिलान लोक्तानको पासमा अन्तिम मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । कर्णले ह्याट्रिक अघि ७४ औं मिनेटमा बुद्ध चेम्जोङको गोलमा पास मिलाइदिएका थिए । एएनए युएसएका लागि ८५ औं मिनेटमा परिवर्तित शिशिर विश्वकर्माले सात्वना गोल फर्काएका थिए । कर्ण खेलको म्यान अफ दी म्याच घोषित भए । उनले खेलका दौरान थप दुई गोल गर्ने अवसर उपयोग गर्न सकेनन् ।
आहा रारा गोल्डकपमा शुक्रबारको खेल
नेपाल पुलिसविरुद्ध सिएमजी संकटा
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]