default_image

9 years ago

January 20, 2017

इस्ताडियो एनोइटामा १० बर्षयता बार्सिलोनाको पहिलो जित

147 views

0 Bookmark

स्पेन (एजेन्सी)– बार्सिलोनाले रियल सोसिडाडको मैदान इस्ताडियो एनोइटामा १० बर्षयता पहिलो जित हासिल गरेको छ । सोसिडाडलाई कोपा डेल रे को क्वार्टरफाइनलको पहिलो लेगमा बिहीबार राती १–० ले हराउँदै बार्सिलोनाले उपाधि रक्षाको अभियानको सम्भावना बलियो बनाएको छ ।

Neymar

बार्सिलोनाले यसअघि सोसिडाडलाई उसकै मैदानमा सन् २००७ मा हराएको थियो । त्यति बेला टोलीलाई जित दिलाउन आन्द्रे इनिएस्टा र इटोले गोल गरेका थिए । त्यसयता ८ खेलमा बार्साले ५ खेलमा हार र ३ मा बराबरी गरेको थियो ।
प्रतियोगिताको साविक विजेता बार्साका लागि २१ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गरेका थिए । अरित्ज एलुस्टोन्डोले पेनाल्टी बक्समा आफैलाई लडाएपछि प्राप्त पेनाल्टीमा नेयमारले गोल गरेका हुन् ।

बिहीबारको अर्को खेलमा एट्लेटिको मड्रिडले पहिलो लेगमा एल्बारलाई ३–० ले हराएको थियो । एट्लेटिकोका लागि एन्टोनियो ग्रिजमान, एन्जल कोरिया र केभिन गामिरोले गोल गरेका थिए ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.