9 years ago
January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सफल टोली मध्येको एक नेपाल पुलिस क्लब पछिल्लो समय खराब फर्मबाट ग्रजिरहेको छ । टोलीका सफल प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि अहिले टोलीमा छैनन् । एक समय थियो, टोली घरेलु फुटबलका लिग र नकआउट प्रतियोगिताको मुख्य दाबेदार हुने गथ्र्यो । पछिल्लो केही बर्षयता भने टोलीको परिचय बदलिएको छ । टोलीले सोचे अनुरुपको सफलता पाउन सकेको छैन ।

आहा रारा गोल्डकपमा पनि छ बर्षयता टोली खाली हात फर्कदै आएको छ । २०५८ को क्याराभन गोल्डकपलाई जोड्ने हो भने पोखरामा पुलिसले ५ पटक जितेको छ । त्यसअर्थमा आहा गोल्ड कपमा पुलिस सर्वाधिक सफल टोली हो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र रुस्लान थ्री स्टारले पनि समान ४ तथा आयोजक सहारा क्लब र अफ्रिकन युनाइटेड क्लबले समान एक पटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो ।
तर अहिले पुलिस लयमा फर्कन संघर्ष गरिरहेको छ । २०६६ यता पुलिस आहा गोल्डकपको फाइनल पनि पुग्न सकेको छैन । गत महिना पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुदमा फाइनल पुग्न असफल पुलिस त्यसपछि टुबोर्ग हेटौंडा गोल्ड कपमा पनि पहिलो चरणबाटै बाहिरीएको थियो । यस्तो पृष्ठभूमिमा टोलीले आहा रारा गोल्डकपमा शुक्रबार अर्को ए डिभिजन क्लब सिएमजी क्लब संकटाको सामना गर्दैछ ।
यो बर्ष चितवन विकास रनिङ शिल्ड जितेको संकटा गत सातामात्र सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपको फाइनल खेलेर पोखरा आइपुगेको छ । यद्दपी टोलीले काँकरभिट्टा गोल्डकप र हेटौंडामा उच्च प्रदर्शन गर्न सकेन । संकटा तीन बर्षपछि आहा खेल्न आएको हो । यसअघिका दुई सहभागितामा टोली क्वार्टरफाइनल भन्दा अघि बढ्न सकेको छैन ।
२०६१ मा पहिलो र २०७० मा दोस्रो पटक सहभागि भएको संकटा दुवै पटक क्वार्टरफाइनलमा मनाङसँग पराजित भएर राजधानी फर्केको थियो । पहिलो सहभागितामा धरानलाई र दोस्रो सहभागितामा जावालखेललाई हराउँदै संकटा अन्तिम आठमा पुगेको थियो ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]