9 years ago
January 20, 2017
लन्डन (एजेन्सी) – विवादमा रहेका चेल्सीका स्टार फरवार्ड डिएगो कोष्टा पुन: चेल्सीको पहिलो टीमसंग प्रशिक्षणमा फर्किएका छन्।

प्रशिक्षक एन्टोनियो कोन्टेसंग विवाद गरेपछि पहिलो टोलीबाट हटाएर एक्लै प्रशिक्षण गर्न बाध्य पारिएका कोष्टाले मङ्गलबारदेखि पुन: पहिलो टोलीमा फिर्ता आएका छन्। उनलाई गत साता साविक विजेता लेष्टरसंगको खेलमा प्रशिक्षक कोन्टेले बाहिर राखेका थिए।
चिनबाट आएको महँगो रकमको प्रस्ताव र फिजियोसंगको विवादले कोष्टाको भविष्य धरापमा देखिएको थियो। तर, चेल्सीका मालिक रोमन अब्रामोभिचले कोष्टालाई माफि मागेर टोलीमा फर्कन निर्देशन दिएपछि उनले प्रशिक्षकसंग कुरा गरेको ब्रिटिस मिडियाले टिप्पणी गरेका छन्।
चेल्सीले आइतबार प्रिमिएर लिग अन्तर्गत हल सिटिको सामना गर्दैछ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]