9 years ago
January 20, 2017
पोखरा (हाम्रो खेलकुद)– खेल सकिन ३ मिनेट बाँकी रहँदा परिवर्तित अनिल गुरुङले गोल गरेपछि सिएमजी क्लब संकटा विभागिय टोली पुलिसलाई २–१ ले हराउँदै १५ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

१–० ले पछि परेको खेल उल्टाउँदै संकटा अन्तिम आठमा पुगेको हो । आहाको सर्वाधिक सफल टोली पुलिस लगातार दोस्रो पटक पहिलो चरणबाटै बाहिरिएको छ । यो सँगै क्वार्टरफाइनल समिकरण पुरा भएको छ । संकटाले अब खस्र्याङ् युनाइटेडको सामना गर्नेछ ।
रिबाउन्डमा प्राप्त बलमा ६१ औं मिनेटमा मैदान प्रवेश गरेका अनिलले नजिकबाट गोल गरेका थिए र त्यहि गोल निर्णायक बनेको थियो । विश्व अधिकारीको प्रहार पुलिसका गोलकिपर दीपेश यादवले रोके, उनले पूर्ण नियन्त्रणमा लिन नसकेपछि प्राप्त बलमा अनिलले गोल गरेका हुन् । अनिल शुसिल केसीको ठाँउमा मैदान प्रवेश गरेका थिए ।

त्यसअघि रवि पासवानले ३५ औं मिनेटमा गरेको गोलमा पाँच पटकको च्याम्पियन पुलिसले अग्रता लिएको थियो । मैदानको दायाँबाट रविले क्रस गरेको बल गोलमा परिणत भएको थियो । रविको प्रहार संकटाका गोलकिपर विनयले रोक्नुअघि गोल भइसकेको थियो । ७३ औं मिनेटमा संकटा बराबरी गोल गर्दै खेलमा फर्केको थियो ।
झन्डै ३० यार्डमा पाएको फ्रिकिकलाई विश्व अधिकारीले सोझै गोलमा परिणत गरेपछि संकटाले खेलमा बराबरी गरेको थियो । विश्व खेलेको म्यान अफ दी म्याच घोषित भए । आहा गोल्डकपको सर्वाधिक सफल पुलिस २०६६ यता फाइनल पुग्न सकेको छैन । त्यस्तै संकटा यसअघिका दुई सहभागितामा क्वार्टरफाइनल सम्म पुगेको थियो ।
आहा गोल्डकपमा शनिबार पहिलो क्वार्टरफाइनल
सहाराविरुद्ध सिक्किम युनाइटेड, भारत
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]