9 years ago
January 20, 2017
लिभरपुल (एजेन्सी) – लिभरपुल फुटबल क्लबका पुर्वकप्तान स्टेभेन जेरार्ड क्लबको एकेडेमीको प्रशिक्षकका रुपमा नियुक्त भएका छन्।

लिभरपुलको वेबसाइटमा जनाए अनुसार जेरार्डले फेब्रुअरी महिनाबाट प्रशिक्षकको जिम्मा सम्हाल्नेछन्। लिभरपुलमा १७ वर्षे खेलजीवन बिताएका जेरार्ड २०१५मा अमेरिकाको क्लब लस एन्जेलसमा पुगेका थिए। लिभरपुलका लागि ७१० खेल खेलेका जेरार्डले १० उपाधि जितेका थिए भने १ सय ८६ गोल गरेका थिए।
जेरार्डले पुन: क्लब्संग आवद्ध हुन पाउँदा निकै खुसि लागेको बताए। “मैले भन्नु पर्दैन कि मेरो जीवनमा यस क्लबको कति महत्व छ। अहिले म यस ठाउँमा आइपुग्नुमा क्लबको ठुलो भूमिका रहेको छ र म अब यहींबाट मेहेनत गरेर क्लबलाई आफ्नो सक्दो सहयोग गर्नेछु।”, जेरार्डले भने।
जेरार्डले गत महिना मात्र आफुले लस एन्जेलस छोडेको बताएका थिए भने अब लिभरपुलको एकेडेमी हेरेसंगै उनको प्रशिक्षकको करियर सुरु भएको बुझिएको छ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]