default_image

9 years ago

January 21, 2017

आहा गोल्डकपको क्वार्टरफाइनलमा सहारा र सिक्किम युनाइटेड भिड्दै

113 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट क्वार्टरफाइनल सुरु हुँदैछ । पोखरा रंगशालामा शनिबार पूर्व विजेता समेत रहेको आयोजक सहारा क्लबले भारतीय टोली सिक्किम युनाइटेडको सामना गर्दैछ ।

sahara-sikkim-1

पहिलो खेलमा सुदूर पश्चिमलाई ४–० ले हराउँदै अघि बढेको सहाराले आज क्वार्टरफाइनलमा भारतको सिक्किम युनाइटेडको सामना गर्दैछ । गत बर्ष पनि यी दुई टोलीबीच क्वार्टरफाइनलमै भेट भएको थियो । त्यसमा सहारा २–० ले विजयी भएको थियो । भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भाईचुङ भुटियाको सिक्किम युनाइटेड आहा गोल्डकपमा सहभागी भएको यो दोस्रो पटक हो । दुवै पटक टोलीले सोझै क्वार्टरफाइनल खेलेको थियो ।

सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप पोखरालाई चिनाउने एउटा बलियो माध्यम भैसकेको छ । २०५८ मा क्याराभान गोल्डकप र त्यसपछि लगातार १५ औं संस्करण आहा रारा गोल्डकपको आयोजनाको इतिहास १६ बर्ष छोइसकेको छ । सामाजिक काम गर्ने उद्देश्यबाट सुरु भएको सहारा क्लब अहिले देशकै उदारणीय र चुस्त व्यवस्थापनका कारण सफल क्लबमा पर्दछ ।

यसले देश भित्रमात्र होइन, देश बाहिर पनि आफ्नो खासलाई फैलाएको छ । अहिले सहाराकै नामबाट देश बाहिर पनि सहारा युके, सहारा हङकङ र सहारा अस्ट्रेलियाको नाममा क्रियासिल छ । अनाथका लागि आवासिय फुटबल एकेडेमी सञ्चालन र आहा गोल्डकप आयोजना सहाराको मुख्य काम हुन् ।

aaha-rara-gold-cup-2073-pokhara

देशमा हुने सबै खाले नकआउट प्रतियोगितामा व्यवस्थापन, दर्शकका हिसाबले सम्भवत सबैभन्दा अब्बल मानिने आहा गोल्डकपमा सहाराको आफ्नो प्रदर्शन भने एकदमै सफल छैन । यद्दपी टोलीले १२ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि घर मै राख्न सफल भएको थियो । १४ औं संस्करणको समाप्तीसम्म सहाराले जितेको त्यो एउटै उपाधि हो । १२ औं को फाइनल पुगेपछि १३ औं संस्करणमा टोली पहिलो चरणबाटै बाहिरिएको थियो । गत बर्ष भने टोलीले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.