default_image

9 years ago

January 21, 2017

लिभरपुल स्वान्सीसँग स्तब्ध, उपाधिबाट टाढिदै

89 views

0 Bookmark

लिभरपुल – (एजेन्सी) – घरेलु मैदानमा पछी पर्दै लिभरपुलले स्वान्सी सिटीसँग ३-२ ले हार्दै प्रीमियर लिगमा चेल्सीसँग दुरी छोट्याउने मौका गुमाएको छ ।

swansea

घरेलु मैदानमा अघिल्लो १ बर्ष यता प्रीमियर लिगको १७ खेलमा अपराजित रहेको लिभरपुलले रक्षात्मक त्रुटिका कारण पराजयको सामना गर्नु पर्‍यो। पहिलो हाफ गोलरहित रहे पनि दोश्रो हाफ भने रोमाञ्चक रह्यो । एथ्लेटिक बिल्बाओका पुर्व स्ट्राइकर फर्नान्डो लोरेन्टेको दुइ गोलमा स्वान्सीले दुइ गोलको अग्रता लिएपनि लिभरपुललाई फर्मिनोले दुइ गोल गर्दै खेलमा फर्काए ।

लोरेन्टेले ४८औं मिनेटमा स्वान्सीको कर्नरलाई सदुपयोग गर्दै गोल गरेर पाहुना टोलीलाई अग्रता दिलाए भने ५३ मिनेटमा टोटेन्ह्यामका पुर्व मिड्फिल्डर क्यारोलको शानदार क्रसलाई हेडर मार्फत  गोलमा परिणत गर्दै स्वान्सीको अग्रता दोब्बर पारे।

फर्मिनोले ५५औं र ६९औं मिनेटमा गोल गर्दै घरेलु समर्थकमा आशा जगाएपनी जितको खोजिमा रहेको लिभरपुलले ‘काउन्टर एट्याकमा’ गोल खायो। सिगुड्सनको गोलले स्वान्सीले खेलमा पुन: अग्रता लियो ।

लिभरपुलले खेलको निर्धारित समय र अतिरिक्त ५ मिनेटमा गोल गर्ने थुप्रै प्रयास गरेपनी गोल फर्काउन नसक्दा स्वान्सी सिटीले एन्फिल्डमा प्रीमियर लिगको पहिलो जित रच्यो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.