default_image

9 years ago

January 21, 2017

वैकल्पिक रुनीको गोलमा युनाईटेडले अंक खोस्यो

110 views

0 Bookmark

एजेन्सी – वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका वायन रुनीले खेलको अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टर युनाईटेडले स्टोक सिटिसंग १-१को बराबरी खेलेको छ।

wayne-rooney

खेलको १९औं मिनेटमा वान माटाको आत्मघाती गोलको मद्दतले खेलमा अगाडी बढेको घरेलु टोली जितको नजिक पुगेर अन्तिम समयमा रुनीले गोल गरेपछि तिन अंक जोड्नबाट बन्चित भएको थियो। रुनीले खेलको अन्तिम मिनेटमा फ्रिकिक मार्फत दर्शनीय गोल गरेका थिए।

यस गोलसंगै रुनीले म्यानचेस्टर युनाईटेडका लागि २५०औं गोलको कोशेढुंगा पनि पार गरेका छन्। उनले युनाईटेडको सर्वाधिक गोलकर्तामा पनि अब एकाधिकार जमाएक छन्। यसअघी उनले २४९ गोल गरेका बबी चार्ल्टनसंग सो किर्तिमान बाँडेका थिए।

बराबरीसंगै युनाईटेड अंक तालिकाको छैठौं स्थानमा यथावत रहेको छ। उसले २२ खेलमा ४१ अंक जोडेको छ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.