9 years ago
January 21, 2017
पोखरा (हाम्रो खेलकुद)– परिवारका साथ पोखरा घुम्न आएकी सम्बृद्धि हुमागाईले शनिबार सहारा क्लबले अनाथहरुका लागि सञ्चालन गर्दै आएको एकेडेमीलाई आर्थिक सहयोग गरेकी छिन् ।

आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा शनिबार सहारा र भारतको सिक्किम युनाइटेडबीच सम्पन्न पहिलो क्वार्टरफाइनलको मध्यान्तरका क्रममा सम्बृद्धिले १० हजार रुपैयाँ एकेडेमीका संयोजक विक्रम थकालीलाई हस्तान्तरण गरिन् ।
परिवारका साथ अस्ट्रेलिया बस्दै आएकी सम्बृद्धि क्याम्पसिया पब्लिक स्कुलमा कक्षा ४ मा अध्ययनरत छिन् । उनी रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईकी भतिजी हुन् ।
पोखरा १७ दोबिल्लामा रहेको सहाराको एकेडेमीमा विभिन्न जिल्लाका २८ जिल्लाका बालकहरु बस्दै आएका छन् । अमेरिका बस्दै आएका प्रशिक्षक हुमागाई गत बर्ष स्वदेश आएका बेला १५ दिन दोबिल्लामा रहेर त्यहाँ रहेका बालकलाई फुटबल प्रशिक्षण दिएर फर्केका थिए । शनिबार रकम हस्तान्तरमा उनी पनि थिए । 
२०५८ सालबाट क्याराभान गोल्डकपबाट फुटबल प्रतियोगिता आयोजना गरेको सहाराले यति बेला आहा रारा गोल्डकपको १५ औं संस्करण सञ्चालन गरिरहेको छ ।
एकेडेमीलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ वीरभद्र आचार्यको नेतृत्वमा रहेको क्लबले केही महिनाअघि निर्वतमान अध्यक्ष थकालीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]