9 years ago
January 22, 2017
पोखरा (हाम्रो खेलकुद)– हङकङमा कानुन व्यवसायीका रुपमा सक्रिय देव गुरुङले सहारा एकेडेमीका लागि आर्थिक सहयोग गरेका छन् ।

गुरुङले आइतबार एकेडेमीका लागि २ लाख ५० हजार रुपैयाँ क्लबलाई हस्तान्तरण गरेका छन् । पोखरा रंगशालामा जारी १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र धरान फुटबल क्लबबीचको क्वार्टरफाइनल खेलको मध्यान्तरका दौरान गुरुङले रकम सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरेका थिए ।
उक्त रकम पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमीको मैदानमा चेन्जिङ रुम निर्माणका लागि खर्च गरिने क्लबले जनाएको छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]