9 years ago
January 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरु सम्मिलित सिएमजी क्लब भेट्रान्स टोली भारतको कोलकातामा जारी आठौं कोलकाता भेट्रान्स अन्तर्राष्ट्रिय आमन्त्रण सकर च्यालेन्जको सेमिफाइनलमा पुगेको छ ।

राष्ट्रिय टोलीका पूर्व कप्तान बालगोपाल महर्जनले टेलिफोनमा दिएको जानकारी अनुसार समूह बीको विजेताका रुपमा सिएमजी अन्तिम चारमा पुगेको छ । एट ए साइडको पहिलो खेलमा कोलकाता भेट्रान्ससँग २–२ को बराबरीमा रोकिएको सिएमजीले त्यसपछिको खेलमा युनाइटेड भेट्रान्सलाई ३–२ र जलपाइगुडीलाई २–० ले हराएको थियो ।
सिएमजीका लागि पहिलो खेलमा कल्यान खड्गी र नरेन्द्र श्रेष्ठले गोल गरे । दोस्रो खेलमा पूर्व कप्तानद्धय उपेन्द्रमान सिंह र बालगोपाल तथा टोलीका कप्तान राजेश मानन्धरले गोल गरे । तेस्रो खेलमा उपेन्द्रमान र नरेन्द्र श्रेष्ठको गोलमा सिएमजी विजयी भएको थियो ।
युनाइटेड भेट्रान कोलकाताको आयोजनमा प्रतियोगिता शनिबारबाट सुरु भएको हो । प्रतियोगिता कोलकातास्थित हरिनाबी स्पोर्टीङ्ग क्लबको मैदानमा जारी छ । प्रतियोगितामा विभिन्न देशका ८ भेट्रान क्लबको सहभागिता छ । सिएमजी क्लबमा अधिकांश खेलाडी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य छन् । पूर्व राष्ट्रिय खेलाडी राजेश मानन्धरको कप्तानीमा रहेको टोलीमा उपेन्द्रमान सिहं, बालगोपालसहित राकेश थापा, चेतनारायण श्रेष्ठ,सौगेश श्रेष्ठ, राजन नेपाली, नरेन्द्र श्रेष्ठ र राजु सिंह महर्जन रहेका छन् । त्यस्तै विजय श्रेष्ठ, अमिर डंगोल, हरिओम श्रेष्ठ,कल्याण खड्की, प्रकाश बैद्य र लक्ष्मण श्रेष्ठ रहेका छन् ।
टोलीको प्रशिक्षकमा जय कृष्ण श्रेष्ठ,रविन्द्र खड्की व्यवस्थापक रहेको छन् । संगारत्न महर्जन, अष्ट कुमार कवे र राजेश जोशी टोलीको अफिलिसयका रुप्मा रहेका छन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]