9 years ago
January 23, 2017
पोखरा (हाम्रो खेलकुद)– सहारा क्बलले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषको लागि अष्ट्रेलिया र बेलायतका क्लबले आर्थिक सहयोग गरेका छन् । सहारा क्लब, अष्ट्रेलियाबाट ३ लाख ५१ हजार र सहारा क्लब युकेबाट ५ लाख २५ हजार गरि ८ लाख ७६ हजार सहयोग गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै । तस्बिर – सुर्दशन रञ्जित
क्लबमा सोमबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लब, अष्ट्रेलियाका अध्यक्ष राजमान थकाली, सहारा युके तथा बुद्धिष्ट कम्युनिटी सेन्टर बेलायतबाट उक्त रकम हस्तान्तरण भएको हो । सहारा युके तथा बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसिसी) बेलायत बाट ५ लाख २५ हजारको चेक सहारा युकेका अध्यक्ष मीन गुरुङ (साईला) ले क्लवका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरे ।
क्लबका अध्यक्ष आचार्यलाई नै सहारा क्लब, अष्ट्रेलियाका अध्यक्ष थकालीबाट सहारा एकेडेमीको अक्षयकोष स्थापनार्थ ३ लाख ५१ हजारको चेक हस्तान्तरण गरे । आहा गोल्ड कप फुटबल प्रतियोगिताको दोश्रो पुरस्कारको शारी २ लाख ५१ हजार रुपैयाँ पनि थकालीले सोही अवसरमा हस्तान्तरण गरे ।
सहारा एफसीका अध्यक्ष एवं बिसिसी युकेका कोषाध्यक्ष कुसाङ गुरुङले ५ लाख २५ हजार रुपैयाँ सहारा युकेका अध्यक्ष गुरुङलाई र गुरुङले क्लबलाई हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै कुसाङले आफ्नो गक्षले भ्याए सम्म सहारा क्लबको हरेक गतिविधिमा साथ र सहयोग गर्ने वचन दिए ।
सहारा क्लव, अष्ट्रेलियाका अध्यक्ष थकालीले आफ्नो रेष्टुरेण्टमा डिनर पार्टी देखि विभिन्न कार्यक्रम गरी संकलन भएको त्यसमा आफुलेसहित सहयोग गरी उक्त सहयोग विगतका बर्ष देखि गर्दै आएको बताए । उनले आगामी बर्ष सम्मको लागि दोश्रो पुरस्कार प्रायोजना समेत गरेका छन् ।
क्लवका मानार्थ सदस्य महेश गुरुङले विभन्नि देशमा स्थापना भएका सहाराका शाखाहरुले क्लबको गतिविधिहरुमा सहयोग गर्नु सराहनिय भएको बताए । सहारा युकेका अध्यक्ष मीन गुरुङले आफुहरुले आहा रारामा म्यान अफ दी म्याच हुनेलेलाई ट्रफीको साथमा ३ हजार नगद पुरस्कार दिदै आएको बताए । आगामी दिनमा क्लबको एकेडेमीलाई दिगो रुपमा संचालन गर्न सहयोग गर्ने बताए ।
क्लबका अध्यक्ष आचार्यले सहयोगी प्रति आभार व्यक्त गर्दै एकेडेमीको अक्षयकोषमा एक करोड बढी रकम संकलन भएकोले यस बर्षको आहा रारा सम्ममा एक करोड २५ लाख रुपैया संकलन हुने विश्वास गरेका व्यक्त गरे ।
प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा संञ्चालित कठिन परिस्थिति एवँ विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकहरुलाई निशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरण पोषणमा खर्च गरिने बरिष्ठ उपाध्यक्ष एंव आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका संयोजक केशव बहादुर थापाले बताए ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]