default_image

9 years ago

January 25, 2017

साहारा तेश्रोपटक आहा! राराको फाइनलमा

112 views

0 Bookmark

aaha-rara-gold-cup-2073-pokhara

पोखरा (हाम्रो खेलकुद) – आयोजक साहारा फुटबल क्लब १५औं आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

sahara

बुधबार भएको सेमिफाइनल खेलमा तिन पटक फाइनल खेलिसकेको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै साहारा उपाधि नजिक पुगेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयतर्फा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको नतिजा टाइब्रेकरबाट लिनुपरेको थियो। यसअघि, अतिरिक्त समयको अन्त्यतिर साहाराका विदेशी खेलाडी बब्बीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए।

टाइब्रेकरमा आर्मीका दिपक गुरुङको प्रहार बाहिरिएको थियो भने विकेश कुथुको प्रहार पनि गोल हुन सकेन। साहाराका लक्ष्मण जिसी पनि गोल गर्नबाट चुकेका थिए। आर्मीका लागि सन्तोष तामाङ, जितेन्द्र कार्की र दिप लामाले गोल गरेका थिए। साहाराको लागि भने प्रदिप गुरुङ, उत्तम गुरुङ, शिव सुबेदी र सुशन गुरुङले गोल गरेका थिए।

पुर्व-विजेता समेत रहेको साहाराले फाइनलमा मनाङ र संकटाको विजेतासंग खेल्नेछ। मनाङ र संकटाको सेमिफाइनल खेल भोलि हुनेछ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.