9 years ago
January 25, 2017
पोखरा (हाम्रो खेलकुद) – तमु धिँ नेपालका अध्यक्ष कर्मा तमुले सहारा एकेडेमिको अक्षयकोष स्थापनाको लागि एक लाख १ हजार १ सय ११ रुपैया सहयोग रकम हस्तान्तरण गरेकी छन् । पोखरा रंगशालामा जारी १५ औं आहा रारा गोल्ड कपको सेमिफाइनलका दौरान बुधबार अध्यक्ष तमुले क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई चेक हस्तान्तरण गरेकी थिइन् ।

त्यसै गरी कास्की समाज कोरियाका अध्यक्ष खुम बहादुर गुरुङले १० हजार आर्थिक सहयोग गरेका छन् । त्यस्तै कास्की समाज जापानबाट तथा पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचन र अमृत आचार्यले ३० हजार आर्थिक सहयोग गरेको छन् ।
एकेडेमीमा १६ जिल्लाका २८ बालकहरु रहँदै आएका छन् । उनीहरुलाई निशुल्क शिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण दिनुका साथै अन्य आवश्यक खर्च गर्दै आएको छ ।

December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]