9 years ago
January 26, 2017
एजेन्सी – कोपा डेल रे अन्तर्गत बुधबार भएको दोश्रो लेगको खेलमा सेल्टा भिगोसंग २-२को बराबरी खेलेपछि रियल म्याड्रिड कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरिएको छ।

पहिलो लेगमा २-१को पराजय भोगेको म्याड्रिडका लागि दोश्रो लेगमा पनि कमजोर प्रदर्शन गर्यो। खेलको ४४औं मिनेटमा ड्यानिलोले आत्मघाती गोल गरेपछि सेल्टाले खेलमा अग्रता लिएको थियो। ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
तर, खेलको ८५औं मिनेटमा ड्यानिएल वासले गोल गरेपछि म्याड्रिडको कप यात्रा सकिने लगभग पक्का भएको थियो। ९०औं मिनेटमा लुकास भाज्केजले बराबरी गोल फर्काएपनि समग्रमा म्याड्रिडले ४-३को हार व्यहोर्यो।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]