default_image

7 years ago

February 2, 2017

झापा गोल्डकप: एनआरटीलाई हराउदै मनाङ सेमिफाइनलमा

दिपक बोहोरा झापा – लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । अन्तिम क्वार्टरफाइनलमा अर्को ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) माथि ४–० को एकतर्फी नतिजा निकाल्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङको जित सँगै झापा गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । मनाङको जितमा निराजन मल्लले २ […]

24 views

0 Bookmark

दिपक बोहोरा
झापा – लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । अन्तिम क्वार्टरफाइनलमा अर्को ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी) माथि ४–० को एकतर्फी नतिजा निकाल्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङको जित सँगै झापा गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।

rohit-chand
मनाङको जितमा निराजन मल्लले २ तथा शुसिल लामा र अफ्रिकी खेलाडी आफिज ओलावालले १/१ गोल गरे । मनाङले शनिबार हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । गत महिना यी दुई टोलीले टुबोर्ग हेटौडा गोल्डकप फुटबलको फाइनल खेलेका थिए ।

डोमालाल रंगशालामा भएको खेलमा २४ औ मिनेटमा ओलावालेको पासमा निराजनले पहिलो गोल गरे । २८ औ मिनेटमा शुसिलले टोलकिा लागि दोस्रो गोल गरे । ३४ औ मिनेटमा निराजनले अर्को गोल थपे । ५९ औ मिनेटमा ओलाबलेले टोलकिा लागि अन्तिम गोल गरे ।

राष्ट्रिय टोली र मनाङका नियमित कप्तान अनिल गुरुङलाई बिहीबारको खेलमा आराम दिइएको थियो । रक्षक विराज महर्जनले पनि १२ औ मिनेटमामा मैदान छाडेका थिए । विराजको ठाँउमा प्रवेश गर्दै नेपाली यू १६ का पूर्व कप्तान हेमन्त थापा मगरले मनाङबाट डेब्यू गरे । एनआरटीविरुद्ध रोहित चन्द म्यान अफ दी म्याच घोषित भए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।

एक महिनामा मनाङ चौथो उपाधिका लागि प्रतिस्पर्धा गरिरहेको छ । गत महिनाको अन्त्यतिर टुबोर्ग हेटौडा गोल्ड कपको फाइनल खेलेको मनाङले त्यसपछिका लगातार दुई साता सुदुर पश्चिममा खप्तड गोल्डकप र पोखराको आहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । शनिबार आयोजक सहारा क्लबलाइ १–० ले हराउदै मनाङले आरा रारा गोल्डकप उपाधि जितेको थियो ।

एनआरटी पुलिसलाई हराउँदै झापा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको थियो । मनाङले सोझै अन्तिम आठमा प्रवेश पाएको थियो ।

रमपम झापा गोल्डकपमा शुक्रबारको सेमिफाइनल
आयोजक रमपम झापा ११ विरुद्ध हिमालय शेर्पा क्लब

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.