default_image

7 years ago

February 2, 2017

मनाङका मिडफिल्डर सुजल अस्वस्थ! अवस्था सामान्य

काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कार्यवहाक कप्तान सुजल श्रेष्ठ अस्वस्थ भएपछि चिकित्सकले आरामको सल्लाह दिएका छन् । सुजलको कप्तानीमा मनाङ बिहीबार न्युरोड टिम (एनआरटी) लाई ४–० ले हराउँदै रमपम झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । ज्वरो आएपछि उनलाई बिहीबार राती विर्ता सिटी अस्पताल लगिएको थियो । केही समय अस्पतालमा […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कार्यवहाक कप्तान सुजल श्रेष्ठ अस्वस्थ भएपछि चिकित्सकले आरामको सल्लाह दिएका छन् । सुजलको कप्तानीमा मनाङ बिहीबार न्युरोड टिम (एनआरटी) लाई ४–० ले हराउँदै रमपम झापा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

sujal

ज्वरो आएपछि उनलाई बिहीबार राती विर्ता सिटी अस्पताल लगिएको थियो । केही समय अस्पतालमा विताएपछि उनी टोली रहेको होटल फर्केका छन् ।  ‘टन्सिलले ज्वरो आएको रहेछ । समान्य भनिएको छ ,’ मनाङका व्यवस्थापक पेम्बा शेर्पाले भने,‘ लगातार यात्रा र खेल्नु परिरहेको छ, त्यसकै कारण विसन्चो भएको हुन सक्छ । आराम गरेपछि ठिक हुन्छ ।’

मनाङले शनिबार त्रिभुवन आर्मीसँग सेमिफाइनल खेल्नेछ । व्यवस्थापक शेर्पाले सुजलले सेमिफाइनल खेल्ने विश्वास व्यक्त गरेका छन् । नियमित कप्तान अनिल गुरुङ व्यक्तिगत कारणले राजधानीमै रहेका कारण बिहीबारको खेलमा सुजलले कप्तानी गरेका थिए ।
मनाङ लगातार तेस्रो उपाधिका लागि झापा यात्रामा निस्केको छ । तीन सातामा ३ फाइनल खेलेको मनाङले सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप र शनिबार पोखरामा आहा रारा गोल्डकपको उपाधि जितेको थियो । गत महिना टुबोर्ग हेटौडा गोल्डकपमा भने मनाङ फाइनलमा पराजित भएको थियो ।

आहामा सुजल उत्कृष्ट मिडफिल्डर चुनिएका थिए । मकाउविरुद्धको फाइनलमा सुजलकै गोलमा नेपाल कात्तिकको अन्तिममा मलेसियामा एएफसी सोलिडारिटी कप विजेता बनेर फर्केको थियो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारित प्रतियोगिता नेपालले जितेको त्यो पहिलो पटक हो ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.