default_image

9 years ago

February 4, 2017

सिन्धु युवा कपमा न्यु खाडीचौरको जित

120 views

0 Bookmark

लामोसाँघु/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)– सिन्धु युवा कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा न्यु खाडीचौर युथ क्लब विजयी भएको छ । लामासाँघुस्थित बसन्तपुर मैदानमा न्यु खाडीचौरले चौतारा स्पोर्टिङ क्लबलाई १–० ले हराएको थियो ।

sindhu-cup
शनिबारका अन्य खेलमा युनाइटेड युवा क्लब पाखर र सुनकोशी युथ क्लब विजयी भएका छन् । युनाइटेडले क्षितिज युवा परिवारलाई ४–१ ले हरायो । सुनकोशीले साँगा चोक युवा क्लबलाई टाइब्रेकरमा ३–० ले हराएको थियो । निर्धारित समयमा १–१ को बराबरीपछि खेलको निर्णय टाइब्रकेरमा भएको थियो ।

युवा संघ नेपाल सिन्धुपाल्चोकलेचोकले आयोजित प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भिम रावलले उद्घाटन गरेका थिए । उद्घाटनमा एन्फा उपाध्यक्ष बिरबहादुर खड्काको पनि उपस्थिति थियो । फागुन १ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ७० हजार र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

नकआउटका आधारमा हुने प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको प्रतियोगिताका संयोजक शक्ति श्रेष्ठले बताए ।

opening-sundhu-cup

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.