default_image

9 years ago

February 4, 2017

अभिषेक चर्चलाई रुस्लान जावलाखेल कप भेट्रान्स फुटबल उपाधि

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अभिषेक चर्च नवलपरासीले रुस्लान जावलाखेल कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा शनिबार भएको फाइनलमा बगरभाई खलक पोखरालाई टाइब्रेकरमा ३–१ ले हराउँदै अभिषेक चर्चले उपाधि जितेको हो ।

winner-rusal-jyc

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णयक टाइब्रेकरमा भएको थियो । फाइनलमा विजयी टोलीका जीतबहादुर तामाङ म्यान अफ दी म्याच घोषित भएका थिए ।
उपाधिसहित अभिषेक चर्चले १ लाख रुपैयाँ र बगरभाई क्लबले ५० हजार रुपैयाँ प्राप्त गर्यो । त्यसअघि सेमिफाइनलमा बगरभाई खलकले सानो गौचरन नाइट किङग क्लबलाई तथा अभिषेक चर्चले हिमालयन शेर्पालाई समान २–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए ।
बगरभाई खलकका धनकुमार गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । बगरभाई खलकै रविन शाही उत्कृष्ट गोलकिपर, अभिषेक चर्चका जीतबहादुर पुन उत्कृष्ट रक्षक, बगरभाई खलकका हिमाल थापा उत्कृष्ट मिडफिल्डर, अभिषेक चर्चका चक्र पुन उत्कृष्ट स्ट्राइकर घोषित भए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे । सानो गौचरन नाइट किङग क्लब फेयर प्ले टिम घोषित भएको थियो ।
स्वास्थ्य मन्त्री गगन थापालगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । जावलाखेल युथ क्लबको आयोजना जावलाखेल डिस्टिलरीको मुख्य र बुद्ध एयरको सह प्रायोजनमा चार दिन सञ्चालित प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.