9 years ago
February 5, 2017
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबलमा प्रतियोगितामा आतबार साविक बिजेता हेटौडाको प्राइम पोलिक्लिनिक बिजय युथ क्लबले ए डिभिजन क्लब सरस्वती युथ क्लबको सामना गर्दैछ ।

पहिलो पटकको सहभागितामै सातौं सस्करणको उपाधि उचालेको बिजय युथ र सरस्वतीबिचको खेल सिमरा रंगशालामा दिउसो ३ बजे सुरु हुनेछ । रुपन्देही ११ लाई हराउदै बिजय युथले अघिल्लो बर्ष उपाधि जितेको थियो ।
प्रतियोगिताको अन्तिम आठमा सिधै प्रवेश पाएको बिजय युथले उपाधि होडमा कायम रहन सरस्वतीविरुद्ध राम्रो खेल पस्कनुपर्ने हुन्छ । सरस्वतीले यसअघि पहिलो खेलमा आयोजक नवजनजागृतिलाई पराजित गरेको थियो । सरस्वतीले आयोजकविरुद्ध २–० को जित निकालेको थियो ।
यसअघि शनिवार भएको खेलमा पाचौं सस्करणको उपबिजेता वीरगन्ज युनाईटेडले सहारा क्लबलाई १–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा सहाराविरुद्ध कठिन जित हात पार्ने क्रममा वीरगन्जका लागि बिकास राईले निर्णायक गोल गरेका थिए ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]