default_image

9 years ago

February 5, 2017

सडन डेथमा विजय युथको सेमिफाइनल यात्रा

123 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद)– प्राइम पोलिक्लिनिक विजय युथ क्लब रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षाका क्रममा एक कदम अघि बढेको छ । ए डिभिजन क्लब सरस्वती युवा क्लबलाई आइतबार सडन डेथमा पराजित गर्दै विजय युथ आठौं संस्करणको रुस्लान आठौं सिमरा गोल्डकपको अन्तिम चारमा पुगेको छ ।

bijay-youth-vs-saraswoti
सिमरा रंगशालामा निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकर पनि ३–३ को बराबरीमा रोकिएपछि नतिजा सडन डेथबाट निस्किएको थियो । सडन डेथमा सरस्वतीका तिर्थ बस्नेतले प्रहार गरेको बल पोष्टमा ठोक्कियो भने विजय युथका अशोक थापाले बिजयी गोल गरेका थिए ।
यसअघि निर्धारित समयमा दुबै टिमले बराबरी खेले । निकै रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्ने थुप्रै अवसर चुकाएका थिए । खेलको पाँचौं मिनेटमा बिके लामाले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिदा विजय युथले सुरुवातमै अग्रता लिने अवसर गुमाउन पुग्यो । खेलको दुई मिनेटमा सुनिल बलले गोल गर्ने अर्को अवसर चुकाए । सुजित बुढाथोकीको पासलाई बलले पोष्टको दिशा दिन सकेनन् ।
प्रतिस्पर्धात्मक पहिलो हाफको २० औ मिनेटमा सरस्वतीका रमेश घिसिङले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टनजिकैबाट बाहिरियो । आपसी तालमेल बनाएका दुबै टिमको फिनिसिङ पक्ष भने कमजोर देखियो ।
खेलको दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा फर्मेसन परिवर्तन गरेको विजय युथले सरस्वतीविरुद्ध केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन् । दोस्रो हाफमा दुबै टिमले रक्षात्मक खेल प्रस्तुत गरेपछि निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा सरस्वतीका जोनम लिगल, सेनेहाङ लिम्बु, रमेश घिसिङले गोल गर्दा दिपेश श्रेष्ठको बल बिजय युथका गोलरक्षक अशोक बरालले बचाउ गरे । सरस्वतीका अर्का खेलाडी सबिन खड्काका प्रहार भने क्रसबारमाथी बाट बाहिरियो । बिजय युथका सुनिल बल, सुरज बिष्ट र अविशेक रिजालले बललाई जाली चुमाउदा सन्जय राजबाहकको बल पोष्ट नजिकैबाट बाहिरिन पुगेको थियो । बिजय युथका बर्षात गुरुङको प्रहार भने सरस्वतीका गोलरक्षक कृष्ण चौधरीले बचाउ गरे ।
रोमाञ्चक टाईब्रेकरमा नजिता ननिस्केपछि खेल सडन डेथमा पुगेको हो । सरस्वतीका प्रशिक्षक कृष्ण गोपाल श्रेष्टले अवसरको सदुपयोग गर्न नसक्दा नजिता अरुलाई सुम्पनुपरेको बताए । विजय युथका प्रशिक्षक सुविन घिमिरले पनि फिनिसिङ पक्ष भने कमजोर देखिएको बताए । खेलको म्यान अफ दि म्याच बिजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले पाच हजार रुपैयाँ प्राप्त गरे ।

bijay-youtha-vs-sarawati

रुस्लान आठौं सिमरा गोल्डकपमा सोमबारको खेल
हिमालयन शेर्पा र रुपन्देही ११ बिच खेल हुनेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.