7 months ago
July 15, 2024
एजेन्सी – उपविजेता कोलम्बियाका कप्तान हामेस रोड्रिगेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
अर्जेन्टिना विरुद्ध फाइनलमा १-० ले पराजित भएपनि उनले उत्कृष्ट खेलाडीको उपाधि हात पारेका हुन् ।
प्रतियोगिता अवधिभर उनले १ गोलका साथै ६ असिस्ट गर्न सफल रहे । फाइनलमा भने उनी अतिरिक्त समयको सुरुवात परिवर्तन भएका थिए ।
यस्तै अर्जेन्टिनाका लौतारो मार्टिनेज उत्कृष्ट गोलकर्ता भए । उनले प्रतियोगिता अवधिभर ५ गोल गरे । ५ मध्य ३ गोल उनले परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेर गरेका थिए । यस्तै अर्जेन्टिनाका एमी मार्टिनेज उत्कृष्ट गोलकिपर बन्न सफल रहे ।
क्वाटरफाइनलमा इक्वेडोर विरुद्ध पेनाल्टी शूटआउटमा दुई बचाउ गर्दै उत्कृष्ट प्रदर्शन गरेका उनले प्रतियोगिता भर १ गोलको मात्र सामना गरेका थिए।
अतिरिक्त समयमा १-० ले जित्दै अर्जेन्टिनाले लगातार दोस्रो कोपा अमेरिका उपाधि जितेको थियो । समग्रमा अर्जेन्टिनाको यो १६ औं कोपा अमेरिकाको उपाधि हो।
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ। निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्। नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]
February 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]