9 years ago
February 6, 2017
झापा (हाम्रोखेलकुद)- आयोजक झापा ११लाई १-०ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लबले दोस्रो झापा गोल्डकपको उपाधि जितेको छ। यो उपाधि सहित मनाङले मोफसलका महत्वपूर्ण प्रतियोगिताहरुमा ह्याट्रिक पुरा गरेको छ। मनाङ मस्र्याङ्दीका लागि बिजयी गोल नाइजेरियन खेलाडी ओलाड़िपो ओलावाले आफिजले गरेका थिए। सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिता बिजेता मनाङलेनगद सात लाख हात परेको छ। बिजेता क्लबका रोहित चन्द प्रतियोगिताको उत्कृष्ट खेलाडी भए, उनले यामाहाको सलुटो बाईक प्राप्त गरे।
तस्बिर: महेश आचार्य
पहिलो पल्ट झापा पुगेको मनाङ र आयोजक टोलि उच्च मनोबल सहित खेलमैदानमा उत्रीएका थिए। झापा ११ यस अघिपनि फाईनल पुगेपनि आर्मीसँग पराजित भएपछि पहिलो झापा गोल्डकपमा उपविजेतामै चित्त बुझाउन परेको थियो। यस बर्षको आहा रारा गोल्डकप, खप्तड गोल्डकप र झापा गोल्डकप सबैको फाईनल खेलमा मनाङ मस्र्याङ्दी क्लब १-०ले बिजयी भएको हो । हेटौडामा पुस २३ गते आर्मीसँग फाइनल हारेपछि मनाङले खेलेको सबै प्रतियोगिता जित्न सफल भएको छ।
उत्कृष्ट गोल किपर: एलेन न्यौपाने (झापा ११)
उत्कृष्ट डिफेन्डर: देवेन्द्र तामांग (झापा ११)
उत्कृष्ट मिडफिल्डर: रंजित श्रेष्ठ (झापा ११)
सर्वाधिक गोलकर्ता: बुद्ध चेम्जोंग र कर्ण लिम्बु (झापा ११)
उत्कृष्ट प्रशिक्षक: छिरिंग लोप्सांग (मनाङ मस्र्याङ्दी क्लब)
फियर प्ले: झापा ११
मस्ट भ्यालुयबल खेलाडी: रोहित चन्द (मनाङ मस्र्याङ्दी क्लब)
डोमलाल रङशालामा खेलको ६३ औ मिनेटमा बिमल बस्नेतको प्रहार झापाका किपर एलेन न्यौपानेले राम्ररी नियन्त्रण गर्न नसकेर फुत्केको बललाई ओलावाले आफिजले एक टचमै जाली चुमाएका थिए, उक्त गोलनै खेलको निर्णायक बन्यो। आजको खेलको म्यान अफ द म्याच बिजेता टोलीका निराजन मल्ल भए। झापामा मनाङ आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटिलाइ ४–० र नेपाल आर्मी क्लबलाई १-०ले पराजित गर्दै फाइनल पुगेको थियो।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]