default_image

7 months ago

July 21, 2024

रेन्जर्सविरुद्ध म्यानचेस्टर युनाइटेड विजयी

981 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबल सिजन सुरु हुनुअघिको प्रिसिजनको आफ्नो दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो ।

युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् ।

३९औं मिनेटमा बक्सको दायाँभागबाट उत्कृष्ट फिनिस सहित डियालोले सुरुवाती गोल गरेका थिए । हुगिलले ७०औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

युनाइटेडका लागि केही युवा खेलाडी सहित नियमित खेलाडी गोलकिपर आन्द्रे ओनाना, एरन वान विसाका, कासेमिरो, मेसन माउन्ट, जेडन साँन्चो लगायत सुरुवाती रोजाईमा रहेर खेलेका थिए ।

युनाइटेडले प्रिसिजनको पहिलो खेलमा नर्वेजियन टोली रोसेनबोर्गसँग पराजित भएको थियो । अब युनाइटेड थप ३ मैत्रीपूर्ण खेल खेल्न अमेरिका जानेछ । त्यहाँ युनाइटेडले आर्सनल, रियल बेटिस र लिभरपुलसँग खेल्ने तालिका छ।

अगस्ट १० मा म्यानचेस्टर सिटी विरुद्ध कम्युनिटी सिल्डका लागि प्रतिस्पर्धा गर्दै युनाइटेडको सिजनको औपचारिक सुरुवात हुनेछ । प्रिमियर लिग सिजनको पहिलो खेलमा युनाइटेडले अगस्ट १७ मा फुलहमसँग खेल्नेछ ।

February 16, 2025

उपाधिमा सबैको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्।‌ नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]

February 16, 2025

साम्बाले कीर्गिस्तान विरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]

February 16, 2025

आर्सनलले लेस्टरलाई हरायो

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ […]

Success

Thank you for your time.