default_image

7 years ago

February 6, 2017

हिमालयन शेर्पा सेमिफाईनलमा

सिमरा (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान सिमरा गोल्डकप २०७३को क्वार्टरफाइनल खेलमा रुपन्देही ११ लाई १-० पन्छाउदै सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा रुपन्देहीमाथी १–० को जित निकाल्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।  शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । खेलको ५२ औ मिनेटमा […]

25 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब सिमरामा जारी रुस्लान सिमरा गोल्डकप २०७३को क्वार्टरफाइनल खेलमा रुपन्देही ११ लाई १-० पन्छाउदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

hsc

सिमरा रंगशालामा सोमबार भएको खेलमा रुपन्देहीमाथी १–० को जित निकाल्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।  शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । खेलको ५२ औ मिनेटमा लिम्बुले गरेको गोलनै निर्णायक बन्यो ।  साविकको उपबिजेता रुपन्देहीले खेलको सुरुवात आकर्षक गरेपनि गोल गर्ने थुप्रै राम्रा अवसर चुकाएको थियो । खेलको तेश्रो मिनेटमै रुपन्देहीका दिपक राई प्रहार उत्कृष्ट प्रहार शेर्पाका गोलरक्षक किशोर गिरिले बचाउ गरे ।  खेलको २० औ मिनेटमा शेर्पाका सुरज हमाल वन भर्सेस वनको स्थितीमा चुके । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । सुरुवातदेखी राम्रा अवसरको सिर्जना गरेका दुबै टिमको फिनिसिङ भने सन्तोषजनक रहन सकेन ।

खेलको दोस्रो हाफमा भने शेर्पाले रुपन्देहीलाई सुरुवातदेखीनै दवावमा राख्यो । शेर्पाले आक्रामक खेल खेल्दै दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेलमा अग्रता लिएको हो । शेर्पाका निशाल लिम्बुले एकल प्रयासमा डिबक्स भित्रबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।  खेलको एक गोलले पछि परेपछि दवाव झेल्न पुगेको रुपन्देहीका खेलाडीलाई शेर्पालाई रोक्न हम्मेहम्मे प¥यो । शेर्पाले ६४ औं मिनेटमा शेर्पाका बिश्वास श्रेष्ठले मिलाएको क्रसमा दुई खेलाडी गोल गर्न चुके । बिश्वासको क्रसलाई सुरज हमाल र रिचार्ड पुनले सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफमा सुरुवात देखीनै पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागी शेर्पाले अन्तिम समयसम्म संघर्ष गनु¥यो । खेलको अन्तिम पाच मिनेटमा खेलमा फर्कने थुप्रै अवसर सिर्जना गरेको रुपन्देहीले स्कोर गर्न नसक्दा हार आत्मसात गर्न बाध्य भयो । खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बु घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत मंगलवार बिभागिय टिम त्रिभुवन आर्मी क्लब र वीरगन्ज युनाईटड क्लबबिच हुनेछ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.