1 year ago
July 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा आइतवार भएको खेलमा मछिन्द्र एफसी विजयी भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा मछिन्द्रले एपिएफ माथि २-१ को जित निकालेको हो ।
६३औं मिनेटमा प्रसुन तामाङको गोलमा मछिन्द्रले सुरुवाती अग्रता लिएको थियो । तर ८९औं मिनेटमा विकास टिटूङले पेनाल्टीमा गरेको गोलमा एपिएफले बराबरी गर्यो ।
अन्तिम समयतिर गोल गरेपनि एपिएफले अंक भने हासिल गर्न सकेन । डिफेन्डर र गोलकिपरको तालमेल नमिलेपछि एपिएफ पराजित भयो ।
इन्ज्युरी समयको चौथो मिनेटमा गोलकिपरका लागि दिएको ब्याकपासमा गल्ती गरेपछि मछिन्द्रका भूपेन्द्र धरालाले खाली पोस्टमा गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।
जित पछि ५ खेलमा ११ अंक बटुल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । पराजित एपिएफ भने ५ खेलमा ७ अंक सहित पाँचौं स्थानमा छ ।
त्यसअघि दिनको पहिलो खेलमा संकटा क्लब र न्यू रोड टिम (एनआरटी) ले २-२ को बराबरी खेलेका थिए । संकटाको ३ खेलमा ३ अंक र एनआरटीको ५ खेलमा १० अंक छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]