default_image

7 years ago

February 7, 2017

रुस्लान गोल्डकपमा आर्मी र वीरगन्ज भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी क्लब र वीरगन्ज युथ क्लबीच प्रतिस्पर्धा हुँदैछ । वीरगन्ज पहिलो खेलमा पोखरा आहा रारा गोल्ड कपको उपविजेता सहारा क्लबलाई हराउँदै अघि बढेको थियो । आर्मीले भने सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । गत महिना टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मीले त्यसयता कुनै […]

19 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी क्लब र वीरगन्ज युथ क्लबीच प्रतिस्पर्धा हुँदैछ । वीरगन्ज पहिलो खेलमा पोखरा आहा रारा गोल्ड कपको उपविजेता सहारा क्लबलाई हराउँदै अघि बढेको थियो । आर्मीले भने सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो ।

army-on-jhapa-goaldcup

गत महिना टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मीले त्यसयता कुनै पनि फाइनल खेलेको छैन । हेटौडापछि सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपको पहिलो खेलमै हारेको आर्मी पोखरामा आहा रारा गोल्डकप र रमपम झापा गोल्डकपको सेमिफाइनलमै रोकिएको थियो । यद्दपी आर्मीको लागि यो बर्ष सफल बर्ष हो । टोलीले यो बर्ष ५ फाइनल खेल्दै तीन उपाधि जितेको थियो । नवीन न्यौपानेले साउनमा आर्मीको प्रशिक्षण सम्हालेयता टोलीको यो नवौं प्रतियोगिता हो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.