default_image

7 years ago

February 7, 2017

आर्मी रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा, गोलकिपर विकेश घाइते

सिमरा (हाम्रो खेलकुद) – वीरगन्ज युनाईटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइलमा पुगेको छ । सिमरा रंगशालामा मंगलवार भएको अन्तिम क्वार्टरफाइनलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितसंगै प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ । यसअघि साविक बिजेता विजय युथ क्लब, सिएमजी […]

20 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – वीरगन्ज युनाईटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइलमा पुगेको छ । सिमरा रंगशालामा मंगलवार भएको अन्तिम क्वार्टरफाइनलमा वीरगन्जलाई ३–० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

army
आर्मीको जितसंगै प्रतियोगिताको सेमिफाइनलको समिकरण पुरा भएको छ । यसअघि साविक बिजेता विजय युथ क्लब, सिएमजी क्लब संकटा र हिमालयन शेर्पा क्लब सेमिफाईनलमा प्रवेश गरिसकेका छन् । आर्मीले फाइनल प्रवेशका लागि हिमालयन शेर्पाको सामना गर्नेछ । अर्को सेमिफाइनल संकटा र विजय युथबीच हुनेछ ।
छैठौं संस्करणको बिजेता आर्मीलाई जित दिलाउने क्रममा बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दिपक गुरुङले गोल गरे । वीरगन्जविरुद्ध सुरुवातबाटै हावी देखिएको आर्मीले १६ औं मिनेटमा बालकृष्णको गोलबाट अग्रता लिएको थियो । नवयुग श्रेष्ठले मिलाएको पासलाई सदुपयोग गर्दै बालकृष्णले गोल गरेका हुन् ।
सुरुवातदेखीनै आक्रामक खेल देखाएको आर्मीले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल थप्दा वीरगन्जले भने कुनै अवसर बनाउन सकेन । दुई मिनेटको ईन्जुरी समयमा आर्मीका सन्तोषले गोल गरे ।
खेलमा दुई गोलले पछि परेपछि निकै दबावमा देखिएको वीगन्जले प्रदर्शन निकै कमजोर देखियो । वीरगन्जका खेलाडीबिच तालमेलको निकै अभाव देखियो । उपाधिकै दाबेदारको रुपमा हेरिएको आर्मीले दोस्रो हाफमा पनि निकै तालमेल देखाउदै तेस्रो गोल थप्यो ।
खेलको ५५ औं मिनेटमा बालकृष्णले मिलाएको पासमा दिपकले गोल गरे । त्यसअघि आर्मीका गोलरक्षक बिकेश कुथु गम्भिर घाईते हुदै मैदानबाट बाहिरिनु परेको थियो । बल नियन्त्रणमा लिने क्रममा खेलाडीसंग ठोक्कीएपछि कुथु घाईते भएका हुन् । टाउकोमा चोट लागेका कुथुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । उनको स्थानमा सुनिल श्रीवास्तव आएका थिए ।
दोस्रो हाफको खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिएको आर्मीले गोल गर्ने केही अवसर चुकाएको थियो ।
वीरगन्जका प्रशिक्षक सुलभजंग रानाले खेलाडीबिच तालमेल नमिल्दा पराजय भोगेको बताए । आर्मीजस्तो बलियो टिमसंग आफ्नो खेलाडीले खेल्न नसकेको उनले भनाई थियो । गत महिना टुबोर्ग हेटौडा गोल्डकप जिताएका आर्मीका प्रशिक्षक नवीनन न्यौपानेले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको उल्लेख गरे । आफ्नो टिमले अझै केही अवसर गुमाउन पुगेको भन्दै न्यौपानेले त्यसलाई सुधार गर्दै खेल्नुपर्ने बताए । आर्मीका सन्तोष म्यान अफ दि म्याच घोषित भए ।

रुस्लान आठौं सिमरा गोल्डकपमा बुधबार पहिलो सेमिफाइनल
विजय युथविरुद्ध सिएमजी क्लब संकटा

army-1

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.