default_image

6 months ago

August 13, 2024

पहिलो हाफमा चर्च ब्वाइज र पारो एफसी १-१को बराबरीमा

1595 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलको पहिलो हाफमा नेपालको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबीचको पहिलो हाफ एक-एक गोलको बराबरीमा सकिएको छ।

दशरथ रङ्गशालाको हिल्लामे मैदानमा भएको खेलमा भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब एसियाको स्टार केशुके होन्डाको कप्तानीमा उत्रिएको थियो। खेल सुरू हुनुभन्दा केहि समय अगाडि परेको मुसलधारे वर्षाले खेल मैदान हिल्लामे बन्यो। बल गुडने गतिलाई अन्दाज गर्न समेत खेलाडीलाई कठिन परेको थियो। खेलको १०औं मिनेटमा पारोका विलियम ओपोकुको प्रहार पोलमा लागेर फर्किएपछि काउन्टर एटयाकमा चर्च ब्वाइजका एरिका बिष्टले बक्सबाट हानेको प्रहार बाहिरियो।

यसपछि १८औं मिनेटमा पारोले पाएको मौकालाई सदुपयोग गर्न सकेन भने सोही मुभमा गोल पनि भएको थियो। तर सहायक रेफ्रीले अफ साइडको झन्डा उठाइदिए। खेलको ३०औं मिनेटमा पारोले गोल गर्ने राम्रो मौका गुमायो। बक्सको लाइनबाट केशुके होन्डाले हानेको प्रहार पोलमा लागेर फर्कियो।

खेलको ३९औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो। मोजेजको हेडर पासमा क्लोज रेन्जबाट लाकेन लिम्बुको ट्याप इन गोलमा परिणत भयो। तर यो अग्रता एक मिनेट पनि टिक्न सकेन। गोल भएर रिलिज भएकै बलमा चर्च ब्वाइजका दीप कार्कीले मुस गरेको बलमा किंगा वाङचुकले खाली पोष्टमा गपल गरे। खेल एक-एक गोलको बराबरीमा पुग्यो। पहिलो हाफ एक-एक गोलको बराबरीमा सकियो।

February 16, 2025

उपाधिमा सबैको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्।‌ नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]

February 16, 2025

साम्बाले कीर्गिस्तान विरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]

February 16, 2025

आर्सनलले लेस्टरलाई हरायो

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ […]

Success

Thank you for your time.