default_image

10 months ago

August 15, 2024

चितवन गोल्डकपलाई गोल्डेन इमिनेन्ट मुख्य प्रायोजक गर्ने

2419 views

0 Bookmark

सुशील पन्त क्षेत्री,चितवन
चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने भएको छ । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुने गोल्डकप असोज १२ गतेसम्म चल्नेछ

प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए ।

प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । पहिलो चरणमा दर्शकका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिने भुसालले जानकारी दिए ।

क्लबका अध्यक्ष लाल सिंह गुरुङले तयारी थालिएको बताए । पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणलाई थप व्यवस्थित र भव्य बनाउने गरी तयारी थालिएको उनले बताए ।

पहिलो संस्करण २०७९ भाद्र २५ देखि असोज ३ गतेसम्म क्याम्पाचौर नारायणगढमा भएको थियो । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

यसैबीच प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट इन्टरनेशनल रहने भएको छ । आज (बिहीबार) आयोजक बिएफसी र गोल्डेन इमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले हस्ताक्षर गरे ।

सो क्रममा रिजालले प्रतियोगिताको सफलताको कामना गरे । गोल्डकपलाई मोसफलकै प्रतिष्ठित प्रतियोगिता बनाउन गोल्डेन ईमिनेन्ट जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । गोल्डेन ईमिनेन्टले दक्षिण कोरिया अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको छ ।

June 21, 2025

बायर्न क्लब विश्व कपको अन्तिम १६ मा

एजेन्सी – बायर्न म्युनिख फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। माइकल ओलिसेको अन्त्यतिर निर्णायक गोल गरेपछि बायर्नले आज मायामीमा सिए बोका जुनियर्सलाई‌  २-१ ले हराएको हो । समूह ‘सी’ को पहिलो खेलमा अकल्याण्ड सिटीविरुद्ध क्लब विश्वकप इतिहासकै सबैभन्दा ठूलो अन्तरले जित निकालेको बायर्न हार्ड रक स्टेडियममा खेलको सुरुवातमै आत्मविश्वास देखाएको थियो। ह्यारी […]

June 21, 2025

थ्री स्टार ए,बी, सीका क्लबसँग छलफलमा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल समितिको निर्णयपछि बी डिभिजनमा घटुवा भएको थ्री स्टार क्लबले आज ए,बी,सी क्लबसँग छलफल गर्दैछ । विभागीय टोली एपिएफ फुटबल क्लबले दिएको उजुरीको आधारमा २ वर्षपछि बिहीवार अपिल समितिले थ्री स्टारलाई कारवाही गर्ने निर्णय गरेको थियो। शुक्रवार आन्तरिक छलफल गरेको थ्री स्टारले ए, बी र सी […]

June 21, 2025

बेन्फिकाको जितमा डि मारियाको २ गोल

एजेन्सी – अर्जेन्टिनी ३७ वर्षीय खेलाडी एन्जेल डि मारियाले २ गोल गरेको क्लब विश्वकपको समूह सीको खेलमा बेन्फिकाले अकल्याण्ड सिटीलाई ६-० ले हराएको छ। बेन्फिकाका लागि अन्तिम प्रतियोगिता खेलिसकेका डि मारियाले क्लबको बिदाइलाई विशेष बनाउने क्रममा शुक्रवार इण्टर एण्ड को स्टेडियममाउच्च प्रदर्शन गरे । ‘फिडेओ’ उपनामले चिनिने डि मारिया यो प्रतियोगिता पछि आफ्नै देशको क्लब […]

Success

Thank you for your time.