default_image

1 year ago

August 18, 2024

अल हिलाल च्याम्पियन बन्दा रोनाल्डो अझै उपाधिविहिन

2549 views

0 Bookmark

एजेन्सी – साउदी सुपर कपको उपाधि भिडन्तमा अल हिलालले अल नासरलाई पराजित गरेपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पुन: एकपटक साउदी अरबमा उपाधि जित्नबाट बन्चित भएका छन् ।

शनिबार भएको खेलमा रोनाल्डोकै गोलमा अल नासरले अग्रता लिएपनि खेल जित्न भने सकेन । पहिलो हाफमा १-० ले अघि रहेको अल नासरले ४-१ को अन्तरमा खेल हार्न पुग्यो । सिजनको पहिलो उपाधि जित्ने अवसर गुमाएका रोनाल्डो २ वर्षे बसाईंमा उपाधि विहिन छन् ।

पांच पटकका ब्यालोन डी’ओर विजेता रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा अल नासरलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको मध्यतिर १७ मिनेटको अन्तरमा अल हिलालले ४ गोल फर्काएको थियो ।

सर्गे मिलिन्कोभिच साभिचले ५५ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो गोल सिर्जना गरेका एलेक्जेन्डर मित्रोभिचले त्यसको ८ मिनेटपछि रुबेन नेभेसको क्रसमा हेडरमार्फत गोल गरे ।

मित्रोभिचले ६९ औं मिनेटमा माल्कमको पासमा गोल गर्दै अग्रता बढाए । ७२ औं मिनेटमा माल्कमले अल नासरको डिफेन्समा भएको गल्तीको फाइदा उठाउँदै गोल थपे ।

अल हिलालाले लगातार दोस्रो पटक सुपर कप उपाधि जितेको हो । समग्रमा टोलीको यो पाँचौ सुपर कप उपाधि हो । गत सिजन अल हिलालले साउदी किंग्स कप र साउदी प्रो लिगमा अल नासरलाई पछि पारेको थियो ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.