default_image

5 months ago

August 18, 2024

अल हिलाल च्याम्पियन बन्दा रोनाल्डो अझै उपाधिविहिन

2437 views

0 Bookmark

एजेन्सी – साउदी सुपर कपको उपाधि भिडन्तमा अल हिलालले अल नासरलाई पराजित गरेपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पुन: एकपटक साउदी अरबमा उपाधि जित्नबाट बन्चित भएका छन् ।

शनिबार भएको खेलमा रोनाल्डोकै गोलमा अल नासरले अग्रता लिएपनि खेल जित्न भने सकेन । पहिलो हाफमा १-० ले अघि रहेको अल नासरले ४-१ को अन्तरमा खेल हार्न पुग्यो । सिजनको पहिलो उपाधि जित्ने अवसर गुमाएका रोनाल्डो २ वर्षे बसाईंमा उपाधि विहिन छन् ।

पांच पटकका ब्यालोन डी’ओर विजेता रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा अल नासरलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको मध्यतिर १७ मिनेटको अन्तरमा अल हिलालले ४ गोल फर्काएको थियो ।

सर्गे मिलिन्कोभिच साभिचले ५५ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो गोल सिर्जना गरेका एलेक्जेन्डर मित्रोभिचले त्यसको ८ मिनेटपछि रुबेन नेभेसको क्रसमा हेडरमार्फत गोल गरे ।

मित्रोभिचले ६९ औं मिनेटमा माल्कमको पासमा गोल गर्दै अग्रता बढाए । ७२ औं मिनेटमा माल्कमले अल नासरको डिफेन्समा भएको गल्तीको फाइदा उठाउँदै गोल थपे ।

अल हिलालाले लगातार दोस्रो पटक सुपर कप उपाधि जितेको हो । समग्रमा टोलीको यो पाँचौ सुपर कप उपाधि हो । गत सिजन अल हिलालले साउदी किंग्स कप र साउदी प्रो लिगमा अल नासरलाई पछि पारेको थियो ।

January 15, 2025

शीर्ष टोली लिभरपुलको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले नटिङघम फरेस्टसँग बराबरीमा खेलेको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको नटिङघम मंगलवार लिभरपुलसँग १–१ को बराबरीमा रोकको हो। नटिङघमले खेलमा लिएको अग्रता जोगाउन सकेन। आठौं मिनेटमा क्रिस उडको गोलबाट नटिङघमले अग्रता लियो । लिभरपुलका लागि डिएगो जोटाले ६६ औं मिनेटमा बराबरी गोल फर्काए । यो नतिजापछि शीर्षमा लिभरपुलको छ […]

January 14, 2025

पुलिससँग वालिङ तेस्रो पटक पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

Success

Thank you for your time.