5 months ago
August 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतले साफ यु २० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सोमवार भुटानलाई १-० ले हराउँदै भारतले जितबाट यात्रा सुरु गरेको हो । मोनिरुल मुल्ला ३७ औं मिनेटमा गरको गोल नै खेलको निर्णायक बनेको थियो ।
तनावपूर्ण खेलमा भारतका २ खेलाडी र भुटानका १ खेलाडीले रातो कार्ड पाएका थिए।
यससँगै समूह बी मा भारतको ३ अंक भएको छ । समूह ए मा नेपालले पहिलो दिन श्रीलंकालाई १-० ले हराउँदै ३ अंक जोडिसकेको छ ।
अब मंगलबार समूह ए मा बंगलादेश र श्रीलंका खेल्नेछन् ।
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]