default_image

5 months ago

August 23, 2024

चेल्सीद्वारा सर्भट पराजित

713 views

0 Bookmark

एजेन्सी – युरोपा कन्फेरेन्स लिगमा इंग्लिस क्लब चेल्सीले जित निकालेको छ । बिहीवार राति भएको खेलमा घरेलु मैदानमा चेल्सीले स्विजरल्यान्डको सर्भटलाई २–० ले हरायो ।

चेल्सीको जितमा क्रिष्टिफर एकुन्कु र नोनी माडुकेले गोल गरे । पहिलो हाफको खेल गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो ।

चेल्सीका लागि ५०औं मिनेटमा एकुन्कुले पेनाल्टी मार्फत गोल गर्दै अग्रता बनाए । ७६औं मिनेटमा माडुकेले एन्जो फर्नान्डेजको पासमा गोल गरेका हुन् । दोस्रो लेग खेल अगस्ट ३० मा हुनेछ छ ।

चेल्सीले प्रिमियर लिगको दोस्रो चरणमा अगष्ट २५ मा उल्भ्ससँग खेल्ने तालिका छ । पहिलो चरणको लिग खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग २-० ले पराजित भएको थियो ।

January 14, 2025

पुलिससँग वालिङ तेस्रो पटक पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई ४-१ ले हराएको छ। जारी लिगमा पुलिसले वालिङलाई हराएको यो तेस्रो पटक हो। एन्फा कम्प्लेक्समा भएको खेलको १५औं मिनेटमा पुलिसले अग्रता बनायो। कप्तान निरु थापाले उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै हानेको भली प्रहार सुन्दर गोलमा परिणत भयो। कमजोर वालिङ विरुद्ध […]

January 13, 2025

नव जन जागृतीको सर्वसम्मत नयाँ नेतृत्व चयन

सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]

January 13, 2025

आर्मीले बागमतीलाई फेरि हरायो

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]

Success

Thank you for your time.