default_image

1 year ago

August 24, 2024

हालान्डको ह्याट्रिकमा सिटी विजयी

1111 views

0 Bookmark

एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्डको ह्याट्रिकको मद्दतमा गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

घरेलु मैदान इतिहात स्टेडियममा सिटीले इप्सविच टाउन फुटबल क्लबमाथि ४-१ को सहज जित दर्ता गरेको हो । सिटीको जितमा हालान्डले ह्याट्रिक तथा केभिन डि ब्रुएनले १ गोल गरे । इप्सविचका लागि स्यामी स्माडिकले सुरुवाती अग्रता दिलाएका थिए ।

स्माडिकले सातौं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । सिटीका लागि १२औं मिनेटमा हालान्डले पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । १४औं मिनेटमा डे ब्रुएनले गोलरक्षकको गल्तीमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

दुई मिनेट पछि हालान्डले उत्कृष्ट फिनिसमा व्यक्तिगत दोस्रो गोल गरे । निर्धारित समय सकिनु २ मिनेट अघि हालान्डले आफ्नो ह्याट्रिक पूरा गर्दै सिटीको जित पक्का गरे ।

लगातार दोस्रो जितसँगै सिटीले ६ अंक जोडेको छ । सिटी अंक तालिकाको पहिलो स्थानमा छ । पहिलो खेलमा सिटीले चेल्सीलाई पराजित गरेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.