default_image

1 year ago

August 27, 2024

साफ यू२० : नेपाल र बंगलादेश उपाधिका लागि खेल्दै

3385 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियनसिपको उपाधिका लागि आयोजक नेपालले मंगलबार एन्फा कम्प्लेक्समा हुने फाइनलमा बंगलादेशको सामना गर्दैछ ।

यस उमेर समूहमा नेपाल उपाधिमा ह्याट्रिक गर्ने कोशिशमा रहनेछ भने बंगलादेश पहिलो उपाधि जित्ने सुरमा हुनेछ । जसको लागि नेपाल उत्कृष्ट लयमा पनि देखिएको छ । नेपाल अपराजित रहदै फाइनलमा‌ पुगेको हो । नेपालले यसअघि सन् २०१५ मा नेपालमै भएको पहिलो र भुटानमा सन् २०१७ मा भएको दोस्रो संस्करण जितेको थियो ।

फाइनलको अघिल्लो दिन नेपालका कप्तान कुशल देउवाले टिम उपाधि जित्न तयार रहेको बताए । तयारी राम्रो रहेको पनि उनले प्री म्याच कन्फरेन्समा जानकारी गराए । फरवार्ड लाइनमा तालमेल मिल्न सकेको छैन भन्ने प्रश्नमा अन्य टिमले नेपाली टिमको विषयमा पनि अध्ययन‌ गरेकोले केहि अप्ठयारो भएको पनि बताए । तर उनले आफ्नो‌ टिम र प्रत्येक खेलाडीमा पूर्ण विश्वास रहेको पनि स्पष्ट पारे ।

नेपाल साफ च्याम्पियनसिपको तेस्रो पटक फाइनलमा पुगेको हो । यसअघि दुवै पटक फाइनलमा पुग्दा नेपालले उपाधि जितेको थियो । यो पटक नेपाली टिम लयमा देखिएको छ । समुह चरणको दुई खेलमा श्रीलंकालाई १-० ले र बंगलादेशलाई २-१ ले हराएको थियो । सेमिफाइनलमा भुटानलाई टाइब्रकेरमा हराएर नेपाली टिम फाइनल पुगेको हो ।

नेपालले जारी च्याम्पियनसिपको समुह चरणमा बंगलादेशलाई २-१ ले हराइसकेको छ । यसले पनि नेपाललाई केहि सहज हुन सक्छ । सबैभन्दा ठुलो फाइदा भने खेल हुने एन्फाको एस्ट्रो टर्फ मैदान नै हुनेछ । नेपालले यही मैदानमा प्रशिक्षण गरेको हो ।

फाइनल दशरथ रङ्गशालामा हुने भनिएपनि हिजो एन्फाले मैदानको अवस्थाका कारण सातदोबाटोमा नै फाइनल हुने निर्णय गरेको थियो । मैदानको फाइदा रहने भएपनि दर्शकको साथको कमी महसुस हुने प्रशिक्षक उर्जन श्रेष्ठले बताए । उनले टिमले पूर्ण क्षमता अनुसार खेल्न नसकेको पनि जिकिर गरे । उनले क्षमता अनुसार योजना अनुरूप खेलेमा जित निकाल्न सक्ने बताए ।

बंगलादेश भने समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तर सेमिफाइनलमा तीन पटकको विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा हराएर फाइनलको यात्रा तय गरेको हो । भारतलाई हराएर फाइनल पुगेको टिममा थप आत्मविश्वासी बनेको छ ।

प्रशिक्षक मारूफुलहलले भारतलाई हराएको पुरानो कुरा भएको र नेपालसँगको फाइनल खेल नयाँ खेल हुने र यो चुनौतीपुर्ण रहने बताए । उनले नेपालको बारेमा जानकारी रहेको र सोही अनुरुप खेल्ने बताए । बङ्गलादेशका कप्तान मोहमद असिफले नेपाली टिम उत्कृष्ट रहेको तथा नेपालको गतिसँग जानकार रहेको बताए । साथै उनले नेपाली टिममा क्वालिटीका खेलाडी रहेको र त्यसको अययन टिमले गरेको बताए ।

तर बंगलादेश कप्तान तथा पहिलो रोजाइका गोलकिपर मेहदी हसन घाइते भएका छन् । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले फाइनल खेल गुमाउनेछन् । यसले टिमलाई केहि असर गर्न सक्छ । तर वैकल्पिक गोलकिपर मोहम्मद आशीफले भारत विरूद्ध टाइब्रेकरमा सानदार प्रदर्शन गरेका थिए । उनले भारतको दुई पेनाल्टी प्रहार रोकेका थिए। अब फाइनलमा गो पोष्ट सम्हाल्ने जिम्मेवारी उनलाई नै रहेको छ ।

बंगलादेश साफ‌ च्याम्पियनसिपको तीन पटकको उपविजेता हो । सन् २०१७ मा राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपाल र बंगलादेशको समान ९/९ अंक भएपनि हेड टु हेडको आधारमा नेपाल च्याम्पियन बनेको थियो । सन् २०१९ र सन २०२२ मा भने बंगलादेश फाइनलमा भारतसँग हारेको थियो।

छेटौं संस्करण सम्म आइपुग्दा नेपाल र बंगलादेशबीच चार पटक प्रतिस्पर्धा भएको छ ।‌ जहाँ नेपालले तीन खेल जित्दा एक खेलमा बराबरी नतिजा निकालेको थियो । यो अर्थ बंगलादेश विरूद्ध नेपाल अपराजित छ । साथै तीन संस्करणपछि फाइनलमा‌ पुगेको कारण उपाधि जित्ने सुनौलो अबसर नेपाली युवा टिमलाई रहेको छ ।

यो छैटौं संस्करणको च्याम्पियनसिप हो । साफले उमेर समुह भने विभिन्न संस्करणमा परिवर्तन गर्ने गरेको छ । नेपालले सन २०१५ र २०१७ को पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । बंगलादेश भने पहिलो पटक उपाधि जित्ने दाउमा रहनेछ। फाइनल खेल बुधबार २:३० बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.