9 months ago
August 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ।
घरेलु टोली मलेसियाको सबाह एफसीसँग बुधवार गोलरहित बराबरी खेले सँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो।
मलेसियाको लिक्सा स्टेडियममा अर्को चरणको सम्भावना जिवितै राख्न एपिएफसामु यो खेलमा फराकिलो अन्तरको जितको आवश्यक थियो। तर समूह चरणको दुई खेलमा गोलको खाता पनि नखोली एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो।
पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १-० ले पराजित एपिएफ अंक तालिकाको पुछारमा रह्यो । समूह ‘सी’मा नसाफको ३ तथा सबाह र एपिएफको समान १ अंक छ।
समूहको विजेता मात्र अघिल्लो चरणमा प्रवेश गर्ने भएकोले साफ र सबाह खेल्नु अघि नै एपिएफको चुनौती समाप्त भइसकेको छ। एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो ।
एसियन फुटबल कन्फेडेरेसन(एएफसी) ले एसियामा महिला फुटबलको विकासका लागि पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । एपिएफ नेपालको महिला लिग च्याम्पियनको हैसियतमा प्रतियोगिताका लागि छनोट भएको हो ।
लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागिता रहनेछ । जसमा सन् २०२४ को फिफा वरियतामा टप आठमा परेका राष्ट्रका क्लबहरु समूह चरणका लागि सिधै छनोट भईसकेका छन् ।
लिगमा एसियामा फुटबलका पावर हाउस मानिएका जापान, चीन, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया लगायत देशका क्लबको सहभागिता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ ।
प्रारम्भिक चरणमा रहेका १४ देशका क्लबहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।
May 25, 2025
एजेन्सी – रियल म्याड्रिडले जितका साथ यो सिजन ला लिगाको अन्त्य गरेको छ। रियल सोसिडाडलाई शनिवार २-० ले हराउँदै रियलले ला लिगामा सुखद अन्त्य गरेको हो । टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे । एमबाप्पेले ३१ गोल गर्दै ला लिगाको समाप्त गरे। रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो बिदाइ खेल पनि […]
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ। काठमाडौंमा आज भएको साफ कार्यकारिणी समितिको बैठकले साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो । च्याम्पियनसिप सन् २०२५ को नोभेम्बरमा नेपाललमा हुने तय भएको छ। तर प्रतियोगिताको फरम्याट तथा कुन प्रक्रियाबाट क्लब छनोट हुने […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबका प्रताप सिंह राई सहिद स्मारक बी डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरे। १५ गोलसहित प्लानिङ ब्वाइजका फागुराम थारु सर्वाधिक गोलकर्ता बने। टुसाल युथ क्लबविरुद्ध लिगको अन्तिम खेलमा ८-३ को जित निकाल्दा अन्तिम खेलमा फागुरामले ५ गोल गरेका थिए। उनले ५० […]