1 year ago
August 29, 2024
दिपक बोहोरा ,पाँचथर
रेडहर्स फुटबल क्लब इलामको आयोजनामा इलाम गोल्डकपको दोस्रो संस्करण मंसिरमा हुने भएको छ ।
इलामको ठूलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता सन्चालन हुने बुधवार पत्रकार सम्मेलनमार्फत आयोजक रेडहर्स फुटबल क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष साङ्गे योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भएको जानकारी दिए । यसपटक इलाम गोल्डकपमा ए डिभिजनका क्लबहरु सहित ८ टोलीलाई सहभागी गराउने तयारी क्लब छ ।
साविक विजेता न्युरोड टिम (एनआरटी), मच्छिन्द्र, थ्री स्टार, संकटा, त्रिभुवन आर्मी, बिर्तामोड युनाइटेड, अफ्रिकन क्लब दाउफिन्स र आयोजक रेडहर्स फुटबल क्लबको प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।
यसपटक पुरस्कार राशि दोब्बर बनाइएको छ ।
यसपटक विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
मेची पहाडमा हुने गोल्डकप प्रतियोगिताहरु मध्ये इलाम गोल्डकप पुरस्कार राशिको हिसाबले सबैभन्दा ठुलो प्रतियोगिता बन्ने छ । छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङमा हुने बिभिन्न गोल्डकपहरुको पुरस्कार राशि ५ लाख भन्दा केहि धेरै मात्र हुने गरेको छ ।
प्रतियोगितामा ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए । आयोजकले मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेटमनीबाट १८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]