सिमरा (हाम्रो खेलकुद)– सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल हुँदैछ । सिमरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लब र सिएमजी क्लब संकटाको सामना गर्दैछ । सेमिफाइनल दिउँसो ३ बजे सुरु हुनेछ । संकटाले माघ १ गते सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपमा फाइनल खेलेको थियो ।
विजय युथ र संकटाले सिमरामा सोझै क्वार्टफाइनलमा प्रवेश पाएका थिए । विजय युथले ए डिभिजन क्लब सरस्वती युथलाई सडन डेथमा पराजित गरेको थियो । संकटाले सेमिफाइनल पुग्नका लागि विभागिय टोली एपिएफलाई २–० ले हराएको थियो । यी दुई टोलीको प्रतिस्पर्धा रोमाञ्चल हुने अपेक्षा गरिउको छ । मंगलबार वीरगन्ज युनाईटेड क्लबलाई ३–० ले हराउँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्बल सेमिफाइनल पुगेको थियो । आर्मीले बिहीबार दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्नेछ । रुपन्देही ११ लाई १–० ले हराउदै हिमालयन शेर्पाले अन्तिम चारमा पुगेको थियो ।