5 months ago
September 2, 2024
एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा लगातार दोस्रो जित हात पारेको छ । बायर्नले फ्रेइबर्गलाई २-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा ह्यारी केन तथा थोमस मुलरले गोल गरे । बायर्नका केनले ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको थियो ।
बायर्नका लागि ७८औं मिनेटमा मुलरले गोल गर्दै टोलीको जित पक्का गरे । यो गोल मुलरको बुन्डेसलिगामा १ सय ५०औं गोल थियो । मुलर विगत १६ वर्ष देखि बायर्नमा आबद्ध छन् ।
जितसँगै दुई खेलबाट बायर्नको ६ अंक भएको छ। फ्रेइबर्गको ३ अंक छ
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]
February 11, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]