सिमरा (हाम्रो खेलकुद)– साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लबलाई स्तब्ध पार्दै सिएमजी क्लब संकटा सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सिमरा रंगशालामा बुधबारको पहिलो सेमिफाइनलमा विश्व अधिकारीको निर्णायक गोलमा विजय युथलाई २–१ ले हराउँदै संकटाले एकै महिना दोस्रो नकआउट फुटबलको फाइनल खेल्ने भएको छ ।

फाइनल फोटो
माघ १ गते संकटाले सुदूरपश्चिमाञ्च खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङसँग फाइनल खेल्नेछ । १–० को नतिजा उल्टाउँदै संकटाले अन्तिम दुईको यात्रा तय गरेको हो । खेल सकिन एक मिनेट बाँकी रहँदा विश्व अधिकारीले गरेको गोल खेलको निर्णाय कबनेको थियो । विश्वले प्रहार गरेको कर्नरमा बलले सिधै जाली चुमेको थियो । संकटाले अब त्रिभुवन आर्मी क्लब र हिमायन शेर्पाबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
विजय युथका लागि विमल राना मगरले गोल गरे । खेल सुरु भएको ४५ सेकेण्डमै विमलले गोल गर्दै विजय युथलाई अग्रता दिलाएका थिए । संकटाका रक्षापंक्ती सम्हालिन नपाउदै सुनिल बलको पासलाई सदुपयोग गर्दै बिमलले गोल गरेका हुन् । खेलमा अग्रता लिएपछि सुरुवातमा दवाव झेलेको संकटाले २७ औं मिनेटमा बराबरी गोल फर्कायो । डिबक्स भित्र पाएको बललाई सदुपयोग गर्दै संकटाका लागि अनिलले बराबरी गोल फर्काए ।
एपिएफलाई पन्छाएको संकटा र सरस्वतीलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको बिजय युथ बिचको सेमिफाईनल भिडन्त निकै रोमाञ्चक रहयो । खेलको पहिलो हाफमा दुबै टिमले थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न भने सकेनन् । प्रतिस्र्धात्मक दोस्रो हाफमा पनि दुबै टिमले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए । खेलको ७० औ मिनेटमा संकटाका सुशील केसीले प्रहार गरेको कर्नर बल क्रसबारमा लागेर फर्किन पुगेको थियो । त्यसलगत्तै खेलको ७६औं मिनेटमा बिमल रानामगरले गोल गर्ने वन भर्सेस वनको स्थितीबाट चुकेका थिए । संकटाका लागि विश्वले गोल गरेपछि विजय युथको यात्रा टुंगिएको थियो ।
विजय युथका प्रशिक्षक सुविन घिमिरले अग्रता जोगाउन नसक्नु र पाएको अवसर चुकाउँदा पराजित हुनु परेको बताए । संकटाका प्रशिक्षक सल्यान खड्गीले गोल खाएर केही दवाव झेल्न पुगेपनि अन्तिम समयसम्म सम्हालिएर खेल्दा सफलता प्राप्त गरेको बताए । विश्व खेलको म्यान अफ दी म्याच घोषित भए ।
रुस्लान सिमरा गोल्डकपमा बिहिबारको सेमिफाइनल
त्रिभूवन आर्मी क्लबविरुद्ध हिमालयन शेर्पा