9 years ago
February 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार प्रदान र्ने भएको छ ।

सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । शुक्रबार पुरस्कार दिने तय भएपनि स्थान र समय भने निश्चित हुन बाँकी रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष एवम् टोलीका व्यवस्थापक विराटजंग शाहीले हाम्रो खेलकुदलाई बताए । कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको त्यो नै पहिलो थियो । त्यहि सफलताका कारण र ग्वामले नखेल्ने भएपछि नेपालले एएफसी एसियन कपको छनोटमा मौका पाएको थियो । सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई एन्फाले पनि जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
अनिल गुरुङको कप्तानीमा रहेको टोलीमा विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ रहेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, सुमन लामा, नवयुग श्रेष्ठ, देवन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमाल टोलीका सदस्य थिए ।
प्रशिक्षण टोलीमा जापानी ग्यातुको कोजी मुख्य प्रशिक्षक तथा राजुकाजी शाक्य प्रशिक्षक, उज्जवल मानन्धर गोलकिपर प्रशिक्षक थिए । टोली व्यवस्थापकमा विराटजंग शाही, फिजियो सुरज भुसाल र मिडिया अफिसर सुवास हुमागाई थिए ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]