default_image

1 year ago

September 11, 2024

अजेन्टिनाको दोस्रो हार

2767 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा कोलम्बियाले विश्व कप तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ ।

आठौं खेलमा दोस्रो हार बेहोरेको अर्जेन्टिना कोलम्बियासँग २-१ गोल अन्तरले पराजित भयो ।

घरेलु मैदानमा कोलम्बियाको जितमा यार्सन मस्जिद्रा र रोड्रिग्वेजले समान १ गोल गरे । अर्जेन्टिनाका लागि निको गोन्जालेजले १ गोल फर्काए ।

खेलको २५औं मिनेटमा मस्जिद्राले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाका गोन्जालोले ४८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । रोड्रिग्वेजले खेलको ६०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई जित दिलाए।

८ खेलमा १६ अंकका साथ कोलम्बिया तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १८ अंकका साथ अर्जेन्टिना शीर्ष स्थानमा छ । अरु खेलहरुमा बोलिभियाले चिलीलाई २-१ तथा इक्वेडरले पेरुलाई १-० ले पराजित गरेको ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.