default_image

9 years ago

February 9, 2017

एसियन कप छनोटका लागि पहिलो चरणका खेलाडी छनोट, रोहित र कर्ण पनि बोलाइए

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि पहिलो चरणमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले बिहीबार पहिलो चरणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । एएफसी सोलिडारिटी कप विजेता टोलीमा रहेको २३ बाहेक कोजीले १३ खेलाडीलाई छनोटमा बोलाएका छन् ।
Coach Koji (1)
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबारबाट प्रशिक्षण सुरु हुने जनाएको छ । छनोटमा परेका मनाङका खेलाडीले भने पछि मात्र प्रशिक्षणमा भाग लिने बताइएको छ । मनाङले यो महिना बंगलादेशमा आयोजना हुने कमाल अन्तर्राष्ट्रिय कपमा भाग लिदैछ ।
एसियन कप छनोटको पहिलो खेल नेपाल र फिलिपिन्सबीच मार्च २८ मा फिलिपिन्समा पहिलो खेल हुनेछ । कात्तिकमा मलेसियामा एएफसी सोलिडारिटी कप जित्दा अनिल गुरुङको कप्तानीमा रहेको टोलीमा विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ रहेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, सुमन लामा, नवयुग श्रेष्ठ, देवन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमाल टोलीका सदस्य थिए ।
थप १३ मा चोटमुक्त भएर फर्केका रोहित चन्द देखि कर्ण लिम्बुसम्म छन् ।
अन्य खेलाडीमा एलेन न्यौपाने, युवराज खड्का, रवि पासवान, विश्व अधिकारी, विमल पाण्डे, सुनिल बल, जीतेन्द्र कार्की, मानबहादुर तामाङ, दीनेश राजवंशी, हेमन्त थापामगर र विमल बस्नेत छन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.