9 years ago
February 9, 2017
सिमरा (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीका लागी एक गोल टंक बस्नेतले गरेका थिए भने एक गोल आत्मघाती भएको थियो । शेर्पाका लागी हेमन गुरुङले एक गोल गरे ।
जितसंगै फाईनलमा प्रवेश गरेको आर्मीले अब उपाधी भिडन्तका लागि शनिवार सिएमजी संकटा क्लबसंग खेल्नेछ । साविक बिजेता बिजय युथ क्लबलाई पराजित गर्दैै संकटा हिजो फाईनलमा प्रवेश गरेको थियो । शेर्पाको तुलनामा निकै उत्कृष्ट खेल प्रस्तुत गरेको आर्मी निकै हाबी देखियो।
सुरुवातदेखीनै शेर्पालाई दवावमा राखेको आर्मीले पहिलो हाफमा गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । आर्मीका भरत खवास र नवयुग श्रेष्ठले अवसरको सदुपयोग नगर्दा आर्मीले अग्रता लिन ४२ मिनेट सम्म पर्खन पर्यो । आर्मीका पदम तामाङले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किने क्रममा शेर्पाका मानबहादुर तामाङको छातिमा लागेर जाली चुमेको थियो ।
शेर्पाको आत्मघाती गोलसंगै अग्रता लिएको आर्मीले त्यसपछि पनि थुप्रै अवसर निकालेको थियो। खेलको ४५ मिनेटमा नवयुगले मिलाएको पासलाई भारतले उपयोग गर्न सकेनन् । दवावमा देखिएको शेर्पाले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्कायो ।
थप गरिएको चार मिनेट समयमा शेर्पाका हेमन गुरुङले झण्डै २५ यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । गुरुङको उत्कृष्ट गोलसंगै खेलमा फर्किएको शेर्पाले दोस्रो हाफमा पनि निकै दवावको सामना गर्यो । खेलको ५७औं मिनेटमा आर्मीका टंक बस्नेतले उत्कृष्ट गोल गरे । आर्मीका रक्षापंक्तीबाट रिबाउण्ड भएर आएको बललाई प्रहार गर्दै टंकले गोल गरेका थिए। आर्मीको लगातारको प्रयास रोक्न हम्मेहम्मे परेको शेर्पाको दोस्रो हाफमा खासै अवसर बनाउन सकेन । खेलको ६९ मिनेट भरत खवासले प्रहार गरेको बल पोष्टमा लागेर फर्केको थियो आर्मीले थप अग्रता बढाउन नसक्दा २–१को जित हात पार्यो।
शेर्पाका प्रशिक्षक बिकाश गौचनले आर्मीविरुद्ध आफ्नो टिमले उत्कृष्ट खेल पस्कन नसकेको बताए । बिभागिय टिमविरुद्ध आफ्नो खेलाडीको फिटनेशमा कमजोरी देखिएको गौचनको भनाई थियो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले फिनिसिङ पक्ष कमजोर देखिदा फराकिलो जित हात पार्न नसकेको बताए । टिमको प्रदर्शन उत्कृष्ट रहेपनि फिनिसिङमा खेलाडी धेरै चुकेको न्यौपानेले बताए ।
खेलको म्यान अफ दि म्याच शेर्पाका गोलरक्षक किशोर गिरि घोषित भए । उनले पाच हजार नगद प्राप्त गरे ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]