default_image

5 months ago

September 18, 2024

बायर्नको सानदार सुरुवात

570 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिग सानदार जितका साथ सुरुवात गरेको छ । बायर्नले मंगलवार क्रोएसियाको क्लब डिइनामो जाग्रेबविरुद्ध ९-२ को फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन ह्यारी केनले ४, माइकल ओलिसेले २ तथा राफेल गुरेरो, लिरोय साने र लियोन गोरेट्जकाले समान १ गोल गरे । भ्रमणकारी टोली जाग्रेबका लागि ब्रुनो पेट्कोभिच र टाकिया ओगिवाराले समान १ गोल फर्काए ।

खेलको १९औं मिनेटमा केनको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ३३औं मिनेटमा गुरेरोले टोलीको अग्रता दोब्बर बनाए । त्यसको ३८औं मिनेटमा नै ओलिसेले बायर्नलाई ३-० मा पुर्याए । जाग्रेबका लागि ४९औं मिनेटमा पेट्कोभिचले गोल गर्दै खेल ३-१ को स्थितीमा पुर्याए ।

ओगिवाराले ५०औं मिनेटमा गोल गर्दै जाग्रेबलाई खेलमा फर्काउने संकेत दिएका थिए । ५७औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा बायर्नका लागि चौथो गोल गरे । ओलिसेले ६१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ५-२ ले अगाडि बढ्यो ।

केनले ७३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । ७८औं मिने केनले पेनाल्टीमार्फत नै व्यक्तिगत चौथो तथा टोलीका लागि सातौं गोल गरे ।

निर्धारित सयम सकिन केही मिनेट बाँकी छँदा सानेले गोल गर्दै बायर्नलाई ८-२ ले अगाडि बढाए । इन्जुरी समयमा गारेट्जकाले गोल गर्दै बायर्नलाई सानदार सुरुवात दिलाए ।

February 12, 2025

पिएसजीको सहज जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]

February 12, 2025

सिटीमाथि रियलको रोमाञ्चक जित

एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल‌ भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]

February 11, 2025

झापा महिला फुटबल – अर्जुनधाराको १६ गोल

हिमाल खरेल, बिर्तामोड अर्जुनधारा नगरपालिकाको टोली अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबलको सेमिफाइनलमा पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा झापा गाउँपालिकालाई १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा पुगेको हो । एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । त्यस्तै, […]

Success

Thank you for your time.