9 years ago
February 9, 2017
गाईघाट (हाम्रो खेलकुद)– खेलको अन्त्यतिर राज पौडेलले दुई गोल गरेपछि सिएमजी क्लब संकटा रमपम चौथो उदयपुर गोल्डकपको सेमिफाइनलमा पुगेको छ । धरान फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । संकटा एक दिनअघि रुस्लान आठौं सिमरा गोल्डकपको फाइनलमा पुगेको थियो ।

फाइल फोटो
थारुहट मैदानमा बिहीबार १–१ को बराबरी रहेको खेलको ८९ औं मिनेटमा राजले गोल गरेपछि संकटाले अग्रता लिएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा राजले अर्को गोल थपेपछि संकटाको जित पक्का भएको थियो । त्यसअघि सुजन राईको गोलबाट संकटाले २३ औं मिनेटमा अग्रता लिएको थियो ।
धरानका लागि प्रकाश बुढाथोकीले ६७ औं मिनेटमा बराबरी गोल गरेका थिए । म्यान अफ दी म्याच घोषित धरानका प्रकाशले ५ हजार रुपैयाँ प्राप्त गरे । उदयपुर जिल्ला फुटबल संघले आयोजना गरेको उदयपुर गोल्डकपको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
रमपम उदयपुर गोल्डकपमा शुक्रबार:
उदयपुर ११ विरुद्ध हिमालयन शेर्पा
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]