9 years ago
February 10, 2017
गाईघाट (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लब रमपम चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक उदयपुर जिल्ला फुटबल संघको उदयपुर ११ लाई ४–१ ले हराउँदै हिमालयन शेर्पा लगातार दोस्रो नकआउट प्रतियोगिताको अन्तिम चारमा पुगेको थियो ।

सिमरामा जारी रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगितामा पनि हिमालयन सेमिफाइनलमा पुगेको थियो । अब उदयपुरमा हिमालयन शेर्पाले झापा ११ र रुपन्देही ११ बीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । एकपक्षिय खेलमा हिमालयनले पहिलो हाफमै २–१ ले अग्रता लिएको थियो ।
सुरज हमालको गोलबाट ११ औं मिनेटमा हिमालयनले अग्रता लिएको थियो भने आयोजक टोलीका लागि २२ औं मिनेटमा रामु थापाले बराबरी गोल गरेका थिए । लक्ष्मी परियारको आत्मघाती गोलबाट हिमालयनले पहिलो हाफमै पुनः अग्रता बनाएको थियो । दोस्रो हाफमा अन्त्यतिर दुई गोल थप्दै हिमालयनले सहजै अन्तिम चारको यात्रा तय गरेको थियो । ८२ औं मिनेटमा हिमालयनका लागि माउसाले गोल गरे भने खेल सकिन ५ मिनेट बाँकी रहँदा विश्वास श्रेष्ठले गोल गरे । विश्वास खेलको म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार खेलको अन्त्यतिर राज पौडेलले दुई गोल गरेपछि सिएमजी क्लब संकटाले धरान फुटबल क्लबलाई ३–१ ले हराउँदै सेमिफाइनल पुगेको थियो । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
रमपम उदयपुर गोल्डकपमा शनिबार
एपिएफविरुद्ध मोरङ ११
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]