default_image

9 years ago

February 10, 2017

रुस्लान सिमरा गोल्डकपमा आर्मी र संकटाबीच श्रेष्ठताको भिडन्त

117 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – ए डिभिजनका दुई टोली मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको एक रुस्लान सिमरा गोल्डकपको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दैछन् । सिमरा गोल्डकपको आठौं संकरणको उपाधिका लागि विभागिय टोली त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटाको सामना गर्दैैछ ।

ruslan-simara

सिमरा रंगशालामा शुक्रवार आयोजित प्रि म्याच कम्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक उपाधि भिडन्त रोमाञ्चक हुने बताएका छन् । यो सिजन संकटा र आर्मीबीच यो चौथो भेट हो । यसअघिका तीन मध्ये दुई खेल संकटा र एक खेल आर्मीले जितेको थियो ।

उपाधि जित्ने विश्वस्त देखिएपनि आर्मीका प्रशिक्षक नविन न्यौपानेले संकटा बलियो टोली भएकाले फाइनल सहज नहुने बताएका छन् । उनले उपाधि जित्नका लागि उच्च प्रदर्शन गर्नु पर्ने बताए । उनले भने,‘संकटाको आक्रमण पक्ष निकै राम्रो छ । त्यसलाई रोक्नुनै हाम्रो मुख्य ध्यान हुन पर्दछ ।’

संकटाका प्रशिक्षक सल्यान खड्गीले आर्मी बलियो टिम रहेकाले रणनिति अनुसार खेलाडीले खेल्न नसके उपाधि उचाल्न कठिन हुने बताए । उनले भने,‘आर्मीको खेलाडीको तालमेल हामीले हेरिरहेका छौं । उनीहरुको कमजोरीको फाइदा उठाउन सकेमात्र जित्न सकिन्छ । ’

आर्मीका लागि यो प्रतियोगिता यस बर्षको दसौं प्रतियोगिता हो भने संकटाले आठौं प्रतियोगिताको रुपमा सिमरा गोल्डकपको खेलिरहेको छ । यो सिजन पाँच वटा प्रतियोगिताको फाइलनमा खेलेको आर्मीले तीन उपाधि जितिसकेको छ ।

आर्मीले नेपाल कप, सुमन भोम्जन स्मृति कप र दुबही गोल्डकपको उपाधि उचालेको थियो । त्यस्तै संकटाले यसअघि नारायणघटमा विकास सिल्ड फुटबलको उपाधि जित्ने क्रममा आर्मीलाई हराएको थियो । आर्मीका कप्तान भरत खवासले संकटाविरुद्ध आफ्नो स्वभाविक खेल खेल्ने बताए ।

जारी रुस्लान सिमरा गोल्डकपमा आर्मीले हिमालयन शेर्पा र संकटाले साविक बिजेता बिजय युथ क्लबलाई २–१ ले हराउँदै एकअर्काको भेट पक्का गरेका थिए ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.