default_image

9 years ago

February 11, 2017

आर्मी र संकटाबीच आज रुस्लान सिमरा गोल्डकपको उपाधि भिडन्त

101 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार त्रिभुवन आर्मी क्लब र सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुँदैछ । सिमरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुनेमा दुवै टोलीका प्रशिक्षक आशावादी छन् । आर्मी नवीन न्यौपाने र संकटा सल्याण खड्कीको प्रशिक्षणमा उत्रदैछ । यो सिजन संकटा र आर्मीबीच भेट हुन लागेको यो चौथो पटक हो । यसअघिका तीन मध्ये दुई खेल संकटा र एक खेल आर्मीले जितेको थियो ।

ruslan-simara
यो सिजनमा आर्मीले भाग लिएको यो दसौं प्रतियोगिता हो भने संकटाको आठौं प्रतियोगिता हो । सिजन पाँच वटा प्रतियोगिताको फाइलन खेलेको आर्मीले तीन उपाधि जितेको थियो । आर्मीले नेपाल कप, सुमन भोम्जन स्मृति कप र दुबही गोल्डकपको उपाधि उचालेको थियो ।

त्यस्तै संकटाले यसअघि नारायणघटमा विकास सिल्ड फुटबलको उपाधि जित्ने क्रममा आर्मीलाई हराएको थियो । माघ १ गते संकटाले सुदरुपश्चिमाञ्चल खप्तड गोल्डकप फुटब प्रतियोगिताको फाइनल खेलेको थियो । जारी रुस्लान सिमरा गोल्डकपमा आर्मीले हिमालयन शेर्पा र संकटाले साविक बिजेता बिजय युथ क्लबलाई २–१ ले हराउँदै एकअर्काको भेट पक्का गरेका थिए ।

नव जनजागृती क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.